दुर्घटना

सोलुखुम्बुबाट काठमाण्डौका लागी छुटेको सुमो दुर्घटना हुँदा ३ जना घाइते

 

 

 

काठमाडौं : सोलुखुम्बुबाट काठमाण्डौका लागी छुटेको सुमो दुर्घटना हँदा ३ जना घाइते भएका छन । सल्लेरीबाट काठमाण्डौका लागी छुटेको ना १ ज ४८०४ नम्बरको सुमो सोलु दुधकुण्ड नगरपालिका ११ तिङनासामा दुर्घटना भएको हो ।

दुर्घटनामा परि सवारीचालक सिन्धुपल्चोकको जुगल गाउँपालिका ५ का ५० वर्षीय रत्न सुनार, चितवन भरतपुरका ३१ वर्षीय सुमन गदाल र काठमाडौ महानगरपालिका १० का ३२ वर्षीय शेखर शर्मा सामान्य घाइते हुनुभएको जिल्ला ट्राफिक कार्यालय सोलुखुम्बुका इन्र्चाज कृष्ण कट्वालले जानकारी दिनुभयो ।

घाइते सबैलाई रमिते स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात काठमाडौ पठाइएकोे छ । सुमो आफै अनियन्त्रित भएर सडकबाट करिब ५ मिटर तल पुगेको प्रहरीले जनाएको छ । ९ जना सवार मध्ये ६ जना भने सकुशल रहेका छन ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।