साईकल वितरण

गौरीगंज गाउँपालिका वार्ड नं. ३ द्वारा ११ कक्षामा अध्ययनरत ५२ जना विद्यार्थीलाई साईकल वितरण

गौरीगंज/ गौरीगंज गाउँपालिका वार्ड नं. ३ ले ११ कक्षामा अध्ययनरत विद्यार्थीलाई साईकल वितरण गरेको छ । गौरीगंज बहुमुखी क्याम्पस र गौरीगंज माविमा ११ कक्षामा अध्ययनरत ५२ जना विद्यार्थीलाई साईकल वितरण गरेको हो ।

वार्ड नं. ३ का वडा अध्यक्ष मखना महतोको अध्यक्षता र गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा साईकल वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा वार्ड सदस्य हेमा आचार्य, भवेश दास, सरिता शेर्पा, सुम्नीदेवी पासवान, गौरीगंज बहुमुखी क्याम्पसका प्रमुख सर्वतलाल राजवंशी, गौरीगंज माविका प्रअ गोविन्द घिमिरेलगायतको सहभागीता थियो ।

वार्ड नं. ३ को सिलिङ्ग बजेट रू ५ लाख १० हजारको लागतमा खरिद गरिएको वडा सचिव गोविन्द राजवंशीले जानकारी दिएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गरिब जनताको काँधमा करको भारी, सांसदलाई स्वकीय सचिवको सुविधा

काठमाडौं,१ साउन । सर्वसाधारण नागरिक महँगी र करको भारसँग जुधिरहेका बेला सरकारले सांसदहरूलाई स्वकीय सचिव राख्ने सुविधा दिने निर्णय गरेपछि चौतर्फी बहस सुरु भएको छ।

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच