"साईकल वितरण"

गौरीगंज गाउँपालिका वार्ड नं. ३ द्वारा ११ कक्षामा अध्ययनरत ५२ जना विद्यार्थीलाई साईकल वितरण

गौरीगंज/ गौरीगंज गाउँपालिका वार्ड नं. ३ ले ११ कक्षामा अध्ययनरत विद्यार्थीलाई साईकल वितरण गरेको छ । गौरीगंज बहुमुखी क्याम्पस र गौरीगंज माविमा ११ कक्षामा अध्ययनरत ५२ जना विद्यार्थीलाई साईकल वितरण गरेको हो ।

वार्ड नं. ३ का वडा अध्यक्ष मखना महतोको अध्यक्षता र गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा साईकल वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा वार्ड सदस्य हेमा आचार्य, भवेश दास, सरिता शेर्पा, सुम्नीदेवी पासवान, गौरीगंज बहुमुखी क्याम्पसका प्रमुख सर्वतलाल राजवंशी, गौरीगंज माविका प्रअ गोविन्द घिमिरेलगायतको सहभागीता थियो ।

वार्ड नं. ३ को सिलिङ्ग बजेट रू ५ लाख १० हजारको लागतमा खरिद गरिएको वडा सचिव गोविन्द राजवंशीले जानकारी दिएका छन् ।

Share: