गुँरास फुल्यो

गुराँस फुलेपछी टिएमजेमा पर्यटकको लर्को

तेह्रथुम/ तेह्रथुमको चोलुङ पार्कमा फुलेको रात्ताम्यै गुराँसले पर्यटकहरुलाई स्वागत गरी रहेको छ । पार्कको छेउमा फुलेको गुराँससँगै यतीबेला सेल्फी लिने र टिकटक बनाउनेको भिड देखिन्छ । पार्कमा फुलेको गुराँससँग रमाउन स्थानीय तथा आन्तरिक पर्यटकहरुको घुइँचोनै लाग्न थालेको छ ।

तिनजुरे, मिल्के, जलजले (टिएमजे) को प्रबेशद्धारको रुपमा रहेको पार्क पर्यटकले भरिभराउ बन्न थालेको छ । गुराँसको राजधानी (टिएमजे) को तल्लो क्षेत्रमा गुराँस फुल्न सुरु भएसँगै पर्यटक आउन थालेका हुन । गुराँस फुल्ने सिजन शुरु भएसँगै यस क्षेत्रको स्वरूपनै रंगिन बन्दै गएको छ । यहाँका होटल व्यवसायी समेत पर्यटकहरुको स्वागत सत्कारका लागि आतुर बन्न थालेका छन ।

प्राकृतिक सुन्दरतासँगै बिभीन्न प्रजातीका गुराँस फुल्ने सिजन सुरु भएकाले रमाईलो भएको पर्यटकहरु बताउँछन् । फागुन देखी बैशाखसम्म फुल्ने गुराँस पर्यटकको मुख्य आकर्षण हो । खासगरी सार्वजानिक बिदा तथा शनिबारका दिन पर्यटकको चाप हुन्छ । भिडले फोटो खिच्न समेत पालो कुर्नु पर्ने पर्यटकहरु बताउँछन् ।

बसन्तपुरको चोलसुङ पार्क, आरआर गार्डेन, घुर्बिसे, पाथिभरा, चौकी, मंगलबारे, गुफापोखरी हुँदै तिनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फुल्ने गर्छ । यतीबेला भने यसक्षेत्रको तल्लो भेगबाट बिस्तारै माथिल्लो भेग तर्फ गुराँस फुल्न थालेको छ । फोटोमा हेरेको भन्दा प्रत्यक्ष रुपमा गुराँस फुलेको देख्दा फरक अनुभुती हुनेगरेको पर्यटकहरुको अनुभव रहेको छ ।

विश्वमा पाईने ३२ प्रजाती मध्ये २८ प्रजातीको गुराँस यस क्षेत्रमा पाईन्छ । गुराँस १ हजार ५ सय मिटरदेखि ५ हजार ५ सय मिटर सम्मको उचाइमा पाइन्छ । पुर्वी तराईका जिल्ला साथै काठमाडौ र छिमेकी देश भारतबाटपनि बाक्लो मात्रामा पर्यटकहरु अहिले टिएमजे पुग्ने गरेका छन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खानेपानी साधारणसभा रीर्पोट

दमक,२८ कार्तिक । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमक , झापाले शुक्रबार आफ्नो २९औँ साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष झैँ

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो