गुँरास फुल्यो

गुराँस फुलेपछी टिएमजेमा पर्यटकको लर्को

तेह्रथुम/ तेह्रथुमको चोलुङ पार्कमा फुलेको रात्ताम्यै गुराँसले पर्यटकहरुलाई स्वागत गरी रहेको छ । पार्कको छेउमा फुलेको गुराँससँगै यतीबेला सेल्फी लिने र टिकटक बनाउनेको भिड देखिन्छ । पार्कमा फुलेको गुराँससँग रमाउन स्थानीय तथा आन्तरिक पर्यटकहरुको घुइँचोनै लाग्न थालेको छ ।

तिनजुरे, मिल्के, जलजले (टिएमजे) को प्रबेशद्धारको रुपमा रहेको पार्क पर्यटकले भरिभराउ बन्न थालेको छ । गुराँसको राजधानी (टिएमजे) को तल्लो क्षेत्रमा गुराँस फुल्न सुरु भएसँगै पर्यटक आउन थालेका हुन । गुराँस फुल्ने सिजन शुरु भएसँगै यस क्षेत्रको स्वरूपनै रंगिन बन्दै गएको छ । यहाँका होटल व्यवसायी समेत पर्यटकहरुको स्वागत सत्कारका लागि आतुर बन्न थालेका छन ।

प्राकृतिक सुन्दरतासँगै बिभीन्न प्रजातीका गुराँस फुल्ने सिजन सुरु भएकाले रमाईलो भएको पर्यटकहरु बताउँछन् । फागुन देखी बैशाखसम्म फुल्ने गुराँस पर्यटकको मुख्य आकर्षण हो । खासगरी सार्वजानिक बिदा तथा शनिबारका दिन पर्यटकको चाप हुन्छ । भिडले फोटो खिच्न समेत पालो कुर्नु पर्ने पर्यटकहरु बताउँछन् ।

बसन्तपुरको चोलसुङ पार्क, आरआर गार्डेन, घुर्बिसे, पाथिभरा, चौकी, मंगलबारे, गुफापोखरी हुँदै तिनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फुल्ने गर्छ । यतीबेला भने यसक्षेत्रको तल्लो भेगबाट बिस्तारै माथिल्लो भेग तर्फ गुराँस फुल्न थालेको छ । फोटोमा हेरेको भन्दा प्रत्यक्ष रुपमा गुराँस फुलेको देख्दा फरक अनुभुती हुनेगरेको पर्यटकहरुको अनुभव रहेको छ ।

विश्वमा पाईने ३२ प्रजाती मध्ये २८ प्रजातीको गुराँस यस क्षेत्रमा पाईन्छ । गुराँस १ हजार ५ सय मिटरदेखि ५ हजार ५ सय मिटर सम्मको उचाइमा पाइन्छ । पुर्वी तराईका जिल्ला साथै काठमाडौ र छिमेकी देश भारतबाटपनि बाक्लो मात्रामा पर्यटकहरु अहिले टिएमजे पुग्ने गरेका छन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा