आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने

प्रचण्डको दाबी आफ्नै बलमा पहिलो पार्टी बन्ने

1647748530_dahal

 

 

 

 

 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनपछि आफूहरु पहिलो शक्ति बन्ने दाबी गरेका छन्।  कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा पुगेका प्रचण्डले माओवादी आफ्नै बलमा पहिलो पार्टी बन्ने दाबी गरेका हुन्।    

अध्यक्ष प्रचण्डले भने, ‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ। वडादेखि नै गठबन्धन होला र जितौंला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो।’ 

पछिल्लो समय पार्टीप्रति धेरै लहर बढेको र जनचासो बढेको उनको भनाइ थियो।  अहिले संविधान जोगाउने दल नै  माओवादी रहेछ भन्ने छाप आम जनतामा परेको उनले दाबी गरे। 

पछिल्लो समय सपोर्ट नगरेका बुध्दिजीवीले अहिले रियलाइजेशन गरेको बताउँदै उनले अन्य दलहरुले आफूहरुसँग गठबन्धन गर्न खोजिरहेको बताए। उनले चुनावमा गठबन्धन होला र चुनावमा जितिएला भनेर नबस्नसमेत पार्टीका नेताहरुलाई आग्रह गरेका छन्। 

उनले भने, ‘हामी आफ्नै खुट्टामा उभिने हो, आफ्नै संगठनको शक्तिलाई बलियो पार्ने हो। जनतासँगको सम्बन्धलाई बलियो पार्ने हो।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।