११ चैतसम्म आवेदन दिन

म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको छ

Myadi_poice_teku-form4

 

 

काठमाडौं । नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको छ । काठमाडौं उपत्यकाका महानगरीय प्रहरी परिसर र उपत्यका बाहिर जिल्ला प्रहरी कार्यालयमा दर्खास्त दिन पहिलो दिन नै भीड छ ।

१८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई प्राथमिकता दिइने छ ।

११ चैतसम्म आवेदन दिनेहरुले आवदेन दिएकै ठाउँमा १३ गते सम्पर्क गर्नु पर्ने छ । १५ गतेदेखि शारीरिक परीक्षण गरेपछि २२ चैतमा अन्तिम नामावली प्रकाशित हुनेछ । उनीहरुलाई २८ चैतदेखि तालिम दिएर चुनावका लागि ४० दिन काम लगाइने छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत तथा प्रशासन विभागका अनुसार म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) खाद्यान्न, पोशाक र अन्य सामग्री खरीदका लागि भनेर ४० दिनको ४४,४४० रुपैयाँ पाउने छन् । उनीहरुको बीमालगायतका अन्य सुविधा पनि हुने छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन