ओलीको बोली

इलामबाट ओलीको प्रश्न ः एमालेले लगाइदिएको फुलि फिर्ता गर्नु पर्दैन ? फोटो फिचर

 

 

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट निर्वाचित भएका मेयर र सांसदहरूले राजीनामा नदिएकोमा आपत्ती जनाउनु भएको छ । इलाममा आयोजीत बृहत जनसभालाई सम्बोधन गर्दै उहाँले एमाले पार्टिको सुर्य चिन्हबाट निर्वाचन जीतेका केहि मेयर , उपमेयर तथा सांसदहहरुले अहिले सम्म पार्टिबाट राजीनामानै नदिएको भन्दै आलोचना गनुभयो । ओलीले आफ्नो पार्टीबाट निर्वाचित भएकाहरुले अलग भइसकेपछि भत्ता खाएर बसिरहन नमिल्ने पनि बतउनु भयो ।

‘हेर्नुस्त, एमाले कार्यकर्ताले जुत्ता-चप्पल खियाए र पसिना बगाएर अन्तरे-जन्तरेलाई भोट हालेकाहरूले राजीनामा गर्नुपर्दैन ? भत्ता खाइराख्ने ? एमालेले लगाइरहेको सांसदको फुली, मेयरको फुली बोकेर फिर्ता गर्नुपर्दैन ? विचार गर्नुस् त, कति साह्रो लाज नभएको ? कमसेकम एमालेले टाँसिदिएका जुँगा त खौरिएर छोड्नुपर्छ नि ।

एमालेले लगाइदिएको जुँगामा ताउँ लगाएर एमालेको बाकस खाली गर्छु भन्ने ? बाकस कसको खाली हुन्छ म भन्दिनँ, तपाईंहरूले जवाफ दिनुपर्छ । यस्ता गुन बिर्सिने र स्वार्थका पछाडि कुद्ने तत्वहरुलाई तपाईंहरूले मुखभरिको जवाफ दिनुपर्छ ।’ जनसभामा सम्बोधन गर्ने क्रममा ओलीले बताउनु भयो ।

ओलीले पाँच दलीय गठबन्धनलाई चुनावमा एउटै कुचाले बढार्ने उद्घोष गर्नुभयो ‘हामी चुनाव पर्खिरहेका छौं । वैशाख ३० गते एमालेले देशभरिबाट पाँच दललाई एउटै कुचाले बढार्छ ।

जबसम्म पाँच दलीय गठवन्धनको भाँडो रित्तिदैँन, तबसम्म हामी एमालेमा प्रवेश गराउँदै जाने हो ’, ओलीले बताउनु भयो ।

जनसभमा विभिन्न पार्टि परित्याग गर्दै करिव ३ हजार जना एमालेमा प्रवेश गरेका थीए । माओवादी केन्द्र, नेपाली काग्रेस तथा अन्य दलहरुमा संगठीत सदस्य बनेकाहरु तथा अन्य नागरिकहरु पनि एमालेमा प्रवेश गरेका थीए ।

एमाले प्रवेश गर्नेहरुलाई पार्टि अध्यक्ष ओलीले दोसल्ला ओडाएर स्वागत गर्नु भएको थियो । उहाँले देश बनाउने पार्टिमा आएको भन्दै सबै नेता तथा कार्यकर्तालाई एमाले देश बनउने पार्टि रहेको र यसबारेमा जनतालाई सरल भाषामा बुझाउन गाउँ गाउँमा गएर जन जागरण कार्यक्रम गर्न निर्देशन पनि दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।