नेपालीभाषी भूटानीको विस्थापन र पहिचानको कथा

टोकियो फिल्म फेस्टिभलमा ‘यो मन त मेरो नेपाली हो’

१०५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मलाई पछि पार्दै फेस्टिभलमा स्थान सुरक्षित

अमेरिका, ३ जेठ/ नेपालीभाषी भूटानी समुदायको विस्थापन र पहिचानको कथा बोकेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ‘टोकियो लिफ्ट–अफ फिल्म फेस्टिभल २०२६’का लागि आधिकारिक रूपमा छनोट भएको छ । निर्देशक मित्र प्रधान (नर)को यस चलचित्रले १०५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मलाई पछि पार्दै फेस्टिभलमा स्थान बनाएको हो ।

 

यसअघि चलचित्रले यूकेको मिल्टन केन्स इन्टरनेशनल फिल्म फेस्टिभल २०२५ मा उत्कृष्ट छायांकन पुरस्कार तथा सान फ्रान्सिस्को इन्टरनेशनल न्यू कन्सेप्ट फिल्म फेस्टिभल २०२५ मा ‘एक्सलेन्ट फिचर फिल्म अवार्ड” अवार्ड प्राप्त गरिसकेको छ ।

 

भूटानी नेपालीभाषी समुदायको भाषा, पहिचान र निर्वासनको पीडालाई केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा नेपाली सिनेमाको उपस्थितिलाई थप बलियो बनाएको छ ।

 

‘यो मन त मेरो नेपाली हो’ का निर्देशक मित्र प्रधान (नर) ले यो चलचित्रलाई नेपाली भाषा, पहिचान र विस्थापित समुदायको भावनात्मक कथालाई सम्मान गर्ने सिर्जनात्मक प्रयासका रूपमा प्रस्तुत गर्नुभएको छ । तर, नेपालीहरूभन्दा अन्य भाषी दर्शकहरूले यस चलचित्रलाई बढी चासोका साथ हेरिरहेका छन् । निर्देशक प्रधानले सबै नेपाली समुदायलाई चलचित्र हेरेर आफ्नो भाषा, संस्कृति र पहिचानप्रति थप सचेत हुन आग्रह गर्नुभएको छ ।

शिवम अधिकारीको पटकथा, सौरभ लामाको छायांकन तथा रोशन श्रेष्ठ र आयुष समालको अभिनयले चलचित्रलाई थप सशक्त बनाएको छ । विजय बराल, बुद्धि तामाङ र विल्सन विक्रम राईजस्ता चर्चित कलाकारहरूको उपस्थितिले पनि फिल्मको गहिराई बढाएको छ ।

 

निर्देशक प्रधानकाअनुसार यो चलचित्र केवल एउटा कथा नभई भाषा, संस्कृति र विस्थापित समुदायको सामूहिक स्मृतिप्रतिको सम्मान हो । सन् २००७ पछि विश्वका विभिन्न देशमा पुनर्वास भएका नेपालीभाषी भूटानीहरूले नयाँ भूमिमा नयाँ जीवन सुरू गरे पनि भाषा र साहित्यमार्फत आफ्नो सांस्कृतिक जरा जोगाइरहेको यथार्थलाई फिल्मले कथानक रूपमा प्रस्तुत गरेको छ ।

 

नेपाली समुदायभन्दा अन्य भाषी दर्शकहरूले बढी रुचाएका कारण नेपाली कथावस्तुको अन्तर्राष्ट्रिय सम्भावना उजागर गर्नुका साथै आफ्नै समुदायभित्र भाषिक र सांस्कृतिक चेतनाको आवश्यकतालाई समेत संकेत गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ