लेटाङ घटना

लेटाङको कर्फ्यु आदेश उल्लङ्घन गर्ने १२ जना पक्राउ

मोरङ/ लेटाङमा जिल्ला प्रशसान कार्यालय मोरङले जारी गरेको कर्फ्यु आदेश उल्लङ्घन गर्ने १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङका विभिन्न स्थानहरुमा सोमबारदेखी नै कर्फ्यु जारी गरेको थियो ।

लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रालाई यौनजन्य दुव्र्यवहार गर्ने शिक्षकलाई कारवाही गर्नुपर्ने माग गर्दै भएको विरोध हिंसामा परिणत भएको थियो । बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका सोही स्कुलका शिक्षक मनोज पौडेललाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै आक्रोशित स्थानीयले प्रहरीमाथि आईतबार साँझ आक्रमण गरेका थिए ।

जसका कारण प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको छ भने २८ बढी प्रहरी तथा ७ जना सर्वसाधारण घाइते भएका थिए । लेटाङ घटनामा ९ जना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मन्जिल मुकारुङले जानकारी दिनु भयो । उहाँका अनुसार सोमबार र मंगलबार गरी ९ जना पक्राउ गरि अनुसन्धान थालिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप

वर्तमान सरकारको नीति जनविरोधी र श्रमिकमारा छः कुलमान घिसिङ

रामेछाप,१३ असार । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाउनु भएको छ । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा

तीन विश्वविद्यालयको उपकुलपति चयनका लागि अन्तर्वार्ता सुरु

काठमाडौं,१३ असार । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम आजदेखि प्रारम्भ

सरकारी सफ्टवेयर केन्द्र स्थापनाको निर्णयप्रति प्रविधि क्षेत्रमा तरंग

काठमाडौँ,१३ असार । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत एउटा केन्द्रीय सफ्टवेयर विकास र सञ्चालन केन्द्र स्थापना गर्ने अन्तिम तयारी गरिरहेको छ। देशभरका सबै सरकारी

वर्षा नहुँदा देशभर धान रोपाइँको गति सुस्त

काठमाडौं,१३ असार । अपेक्षाअनुसार वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँको गति सुस्त देखिएको छ । कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार १२ गतेसम्म देशभर ११.३३