लेटाङ घटना

लेटाङको कर्फ्यु आदेश उल्लङ्घन गर्ने १२ जना पक्राउ

pastedImage-7-1024x768

मोरङ/ लेटाङमा जिल्ला प्रशसान कार्यालय मोरङले जारी गरेको कर्फ्यु आदेश उल्लङ्घन गर्ने १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङका विभिन्न स्थानहरुमा सोमबारदेखी नै कर्फ्यु जारी गरेको थियो ।

लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रालाई यौनजन्य दुव्र्यवहार गर्ने शिक्षकलाई कारवाही गर्नुपर्ने माग गर्दै भएको विरोध हिंसामा परिणत भएको थियो । बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका सोही स्कुलका शिक्षक मनोज पौडेललाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै आक्रोशित स्थानीयले प्रहरीमाथि आईतबार साँझ आक्रमण गरेका थिए ।

जसका कारण प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको छ भने २८ बढी प्रहरी तथा ७ जना सर्वसाधारण घाइते भएका थिए । लेटाङ घटनामा ९ जना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मन्जिल मुकारुङले जानकारी दिनु भयो । उहाँका अनुसार सोमबार र मंगलबार गरी ९ जना पक्राउ गरि अनुसन्धान थालिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधिन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाईते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन