आगामी बजेटका लागि अर्थ समितिमा विज्ञ र अधिकारी बीच छलफल

काठमाडौं,७ जेठ । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयमा विज्ञ तथा सरकारी अधिकारीबीच बिहीबार बसेको अर्थ समितिका छलफल गरिएको छ । बैठकमा बोल्दै अर्थविद् डा.डिल्लीराज खनालले अर्थतन्त्रको पुनर्संरचनाबिना नेपालको सन्दर्भमा आर्थिक रूपान्तरण सम्भव नभएको दाबी गर्नु भएको छ।
उहाँले रूपान्तरणका लागि सुशासन पहिलो शर्त भएको बताउँदै हाल भइरहेका पुनर्संरचनाका बहसहरू यथास्थितिवादी भएको टिप्पणी गर्नु भएको छ। ‘अर्थतन्त्रका पाँच छ वटा क्षेत्रहरूलाई नयाँ ढंगले प्राथमिकीकरण गर्दैमा मात्रै पुनर्संरचना हुँदैन, सिद्धान्त र प्राथमिकता पनि बाचा गरिएका कुरासँग ठ्याक्कै मेल खाँदैन,’ डा.खनालले भन्नु भयो।

 

उहाँले नयाँ चरणको आर्थिक सुधारको कुरा सकारात्मक र समय सान्दर्भिक भए पनि सरकारका नीतिहरूमा वैचारिक स्पष्टता नभएको बताउनु भयो । एकातिर सामाजिक बजार अर्थतन्त्रको कुरा गर्ने र सँगसँगै उदारवादमा जाने कुराले अन्योल सिर्जना गरेको उल्लेख गर्दै उनले यी विषयहरू र अर्थतन्त्रको रूपान्तरणबीच कसरी तादात्म्यता मिल्छ भन्ने कुरा बजेटमार्फत स्पष्ट हुनुपर्नेमा जोड दिनु भयो।

 

छलफलमा उठेका सुझावहरूलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयका अर्थसचिव घनश्याम उपाध्यायले प्राप्त महत्त्वपूर्ण सुझावहरूलाई अर्थमन्त्रीसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो। बैठकमा बजेटको आकार यथार्थपरक हुनुपर्ने, पूँजीगत खर्च बढाउनुपर्ने, चालु खर्च घटाउनुपर्ने, राजस्वको दायरा विस्तार गर्नुपर्ने, उत्पादनमा जोड दिनुपर्ने, पुराना कानुन संशोधन गर्नुपर्ने र विकासमा क्षेत्रीय सन्तुलन कायम गर्नुपर्ने जस्ता सुझावहरू प्राप्त भएको उहाँले जानकारी दिनु भयो।
अर्थसचिव उपाध्यायले सरकारले नै सबै खर्च गरेर मात्रै उत्पादनशीलता बढाउन नसक्ने स्पष्ट पार्नु भयो। ‘यससँगै सरकारको बजेट तयारीको क्रममा मलाई के लाग्छ भने सरकारले नै खर्च गरेर सबै उत्पादनशीलता ल्याउने होइन। तर सरकारले गरेको एक युनिट खर्चले कति उत्पादन र रोजगारी दिन सक्छ भन्ने दिशामा भूमिका खेल्ने किसिमको बजेट हुनुपर्छ भन्ने लाग्छ,’ उहाँले भन्नु भयो।

 

विगतमा सरकारले सिमेन्ट उद्योगसम्म पहुँच मार्ग र जलविद्युत् आयोजनासम्म ट्रान्समिसन लाइन पुर्याइदिने नीति लिएकै कारण आज ती क्षेत्रमा मुलुक आत्मनिर्भर बन्न सफल भएको उदाहरण दिँदै उनले अन्य क्षेत्रमा पनि सरकारले यस्तै सहजीकरण गर्नुपर्ने बताउनु भयो। साथै, उहाँले सरकारको नियमित बजेट वासलातभन्दा बाहिर (आउट अफ गभर्मेन्ट ब्यालेन्स सिट) बाट पनि अब विकास गतिविधिहरू अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनु भयो। सरकारले वैकल्पिक वित्त व्यवस्थापन (अल्टरनेटिभ फाइनान्सिङ) सम्बन्धी विधेयक संसदमा दर्ता गरिसकेको जानकारी दिँनु भयो ।

 

सरकारले वैकल्पिक वित्तीय व्यवस्थासम्बन्धी विधेयक संसद्मा दर्ता गरिसकेको उल्लेख गर्दै उक्त विधेयक छिट्टै पारित भए आगामी आर्थिक वर्षको बजेटमै निजी क्षेत्रबाट विकास गरिने सार्वजनिक पूर्वाधार आयोजनालाई छुट्टै अनुसूचीमार्फत समावेश गर्न सकिने बताउनु भयो। अर्थसचिव उपाध्यायले भन्नु भयो, ‘संसदबाट उक्त विधेयक छिटो पारित भएमा आगामी आर्थिक वर्षकै बजेटमा निजी क्षेत्रबाट विकास गरिने सार्वजनिक पूर्वाधारका आयोजनाहरूलाई छुट्टै अनुसूचीमा राखेर अघि बढ्न हामी चाहन्छौं। यसका लागि सांसदज्यूहरूसँग हाम्रो हार्दिक अनुरोध छ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले