पथरीको नाट्य कार्यशालामा ज्येष्ठ नागरिकसम्म

पथरी, ८ जेठ / १० वर्षकी बालिकादेखि ६८ वर्षीय ज्येष्ठ नागरिक समेत एकसाथ कार्यशालामा सहभागि भए । उनीहरु साथीका रुपमा एकसाथ रमाए । सँगसँगै अभ्यास गरे । अर्थात सृजनाकर्मको आकर्षणले सबैलाई तान्यो ।

 

मोरङ पथरी शनिश्चरे नगरपालिकाको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिले आयोजना गरेको कार्यशालाको दृष्य हो यो । वडा नम्बर २ स्थित हाम्रो पथरी डान्स एकेडेमीमा सहभागि २५ जना १० दिने नाट्य कार्यशालामा रमाए । पहिलो दिन प्रमुख सहजकर्ता दिग्गज नाट्यकर्मी शिल्पी थिएटर काठमाडौंका कला निर्दशक घिमिरे युवराजसँग सृजनशील अभ्यासका खेलमा गजबसँग सहभागि बने ।

 

‘सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम’ अन्तर्गतको नाट्य कार्यशालाको बिहीबार एक कार्यक्रमबीच नगरपालिकाको विधायन समिति संयोजक तथा वडा नम्बर २ का अध्यक्ष नैना राईले समाजको दिगो विकासका लागि सृजनाको विकास आवश्यक रहेकोमा जोड दिनु भयो । नगरमा सृजना प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएका उहाँले नगरले सृजना प्रवद्र्धनमा विशेष काम गर्न बाँकी रहेको यथार्थ चित्रण गर्दै अबका दिनमा सृजना क्षेत्रलाई माथि उकास्न थप पहलकदमी हुने विचार राख्नुभयो ।

 

तान्छोहाङ लिम्बूले समसामयिक विषयमा एकल नाट्य प्रस्तुतिबाट कार्यक्रमको उद्घाटन गरिएको थियो । जसले सहभागिको आँखा रसाए । नाट्यकलाको प्रभाव चरितार्थ गर्दै औपचारिक कार्यक्रम सकेर नाट्य कार्यशाला अघि बढ्यो । समिति अध्यक्ष धनराज राई अमीरले यसखाले सृजना प्रवद्र्धन, सर्जकको प्रोत्साहन र सम्मानमा समितिले विगत ७ वर्षदेखि लगातार वर्षेनी कार्यक्रम गर्दै आएको प्रष्ट्याउनु भयो । सामुदायिक विद्यालय, सामुदायिक क्याम्पस र इच्छुक कलाप्रेमी, नाट्यकर्मीलाई सामेल गरिएको कार्यशाला जेठ १६ गते सम्पन्न हुनेछ ।

 

‘सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम’ अन्तर्गत जेठ १५ गते विद्यार्थीका लागि सृजना विमर्श कार्यक्रम हुनेछ । जसलाई कवि हेमन यात्रीले सहजीकरणको अगुवाई गर्नुहुनेछ । नाट्य कार्यशाला र सृजना विमर्श कार्यक्रम सम्पन्न गरेपछि जेठ १६ मा कार्यशालाबाट उत्पादित नाटक तथा सृजना विमर्शबाट उत्प्रेरित सृजनाहरुका साथै अग्रज सर्जकहरुको प्रस्तुतिमा अन्तिम दिन सृजना अनुष्ठानसहित श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिने छ । सो अवसरमा खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका नगरमा सबैभन्दा बढी पुस्तक कृति प्रकाशित गर्ने १४ पुस्तकका लेखक दीपेन्द्रराज तिम्सिनालाई २५ हजार नगद, मुहारचित्र, दोसल्ला र सम्मानपत्रले मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान गर्ने भएको छ ।
संस्थाले २०७५ सालबाट वर्षेनी कला र साहित्य क्षेत्रका गतिविधि सञ्चालन गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ