आइपिओ

बलेफी हाइड्रोपावर आईपीओ १६ गतेदेखि खुल्ने

 

 

 

काठमाडौं : बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता  १०० अङ्कित मूल्यमा  १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने लागेको हो।

निष्कासन गरिने शेयरमध्ये कूल निष्कासनको चार प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता कम्पनीका कर्मचारीलाई, पाँच प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरिने कम्पनीले जनाएको छ।

यसअघि कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि शेयरको निष्कासन तथा बिक्री खुला गरी बाँडफाँटसमेत गरिसकेको छ।

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सर्वसाधारणले यही चैत १६ देखि छिटोमा चैत २१ सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे यही महिनाको ३० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउनेछन्।

कम्पनीले हाल सिन्धुपाल्चोकको जुगल गाउँपालिका क्षेत्रमा पर्ने बलेफी खोलामा कुल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत रु। सात अर्ब ६५ करोड हुने जनाएको छ।

निष्कासित शेयरमा नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले आवेदन दिन सकिने व्यवस्था रहेको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्रानपी–आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ। रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व वहन गर्ने क्षमतामा औसत जोखिममा रहेको बुझिन्छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले

मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

रामेछाप,३० जेठ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय

ब्राजिल र मोरक्कोबीच आइतबार महाभिडन्त

काठमाडौं,३० जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु