इतिहास रच्चियो: माङसेबुङ बन्यो लिम्बू भाषालाई सरकारी कामकाजमा ल्याउने नेपालकै पहिलो पालिका

इलाम, वैशाख २०८३ । नेपालको सुदूरपूर्वी पहाडी जिल्ला इलामको माङसेबुङ गाउँपालिका रैथाने पहिचान र भाषा अधिकार संरक्षणको क्षेत्रमा देशकै पहिलो ऐतिहासिक पालिका बनेको छ । गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बहुसंख्यक नागरिकले बोल्ने ‘लिम्बू भाषा’ ९किरात सिरिजङ्गा लिपि० लाई सरकारी कामकाजको भाषाका रूपमा औपचारिक कार्यान्वयनमा ल्याएको हो ।

नेपालको आधुनिक इतिहास र संघीयता कार्यान्वयनको सन्दर्भमा यो कदमलाई अत्यन्तै महत्त्वपूर्ण र दूरगामी महत्वको घटनाका रूपमा हेरिएको छ ।

१। औपचारिक घोषणा र ऐतिहासिक पृष्ठभूमि

माङसेबुङ गाउँपालिकाको २०८३ वैशाख ११ गते बसेको ६६औँ कार्यपालिका बैठकले पालिकाभित्र लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा लागू गर्ने ऐतिहासिक निर्णय गरेको थियो ।

सोही निर्णयलाई मूर्तरूप दिँदै मंगलबार आयोजित एक विशेष र भव्य समारोहका बीच कोसी प्रदेशका प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा यसको औपचारिक सुरुवात गरियो । समारोहमा माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले ‘लिम्बू भाषा’ कामकाजको भाषाको रूपमा लागू भएको आधिकारिक घोषणापत्र वाचन गरेर सेवा शुभारम्भ भएको घोषणा गर्नुभयो ।

 

यो घोषणा केवल सांकेतिक मात्र होइन, यसलाई पूर्ण रूपमा प्रशासनिक प्रक्रियामा व्यवहारिक अभ्यासमा उतारिने गाउँपालिकाले जनाएको छ । अबदेखि माङसेबुङ गाउँपालिका र त्यस मातहतका सबै वडा कार्यालय तथा सरकारी निकायहरूमास् सरकारी कार्यालयका मुख्य पहिचान बोर्डहरूमा नेपाली भाषाका साथै लिम्बू भाषा र किरात सिरिजङ्गा लिपि अनिवार्य रूपमा प्रयोग गरिनेछ । कार्यालयले प्रयोग गर्ने आधिकारिक लेटरप्याड, छाप र मूख्य प्रशासनिक फरम्याटहरू दुवै भाषामा उपलब्ध हुनेछन् । त्यस्तै सर्वसाधारणले भर्ने निवेदन, फाराम तथा अन्य महत्त्वपूर्ण सरकारी कागजातहरू नेपाली र लिम्बू दुवै भाषामा तयार पारिनेछ, जसले गर्दा स्थानीय नागरिकलाई आफ्नै मातृभाषामा सेवा लिन सहज हुनेछ ।

नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकारको पूर्ण सदुपयोग गर्दै माङसेबुङले यो कदम चालेको हो । गाउँपालिका अध्यक्ष हेमन्त राईका अनुसार यो निर्णयका कानुनी आधारहरू निम्न छन्

नेपालको संविधानको धारा ३, ६, ७ ९२० तथा धारा ३२ ९१० ले सुनिश्चित गरेको भाषा तथा संस्कृति सम्बन्धी मौलिक हकको कार्यान्वयन । संविधानको अनुसूची–८ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ फ १० बमोजिम स्थानीय तहलाई प्राप्त भाषा, संस्कृति र लिपि संरक्षण सम्बन्धी एकल अधिकारको प्रयोग ।

किरात धर्मावलम्बीहरूको सर्वोच्च आस्थाको केन्द्र तथा धार्मिक राजधानी मानिने माङसेबुङ लारुम्बा ले चालेको यो कदमले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक चरित्रलाई गाउँस्तरमै स्थापित गरेको छ ।

समारोहका वक्ताहरूका अनुसार, यस निर्णयले राज्यका निकायहरूमा रैथाने समुदायको अपनत्व बढाउनेछ भने पुस्तौँदेखि ओझेलमा परेको किरात सिरिजङ्गा लिपि र लिम्बू भाषाको संवर्द्धनमा क्रान्तिकारी टेवा पुर्‍याउनेछ । विविधता नै नेपालको सम्पत्ति हो भन्ने कुरालाई माङसेबुङले व्यवहारमै प्रमाणित गरेर मुलुकका अन्य स्थानीय तहहरूलाई समेत एउटा अनुकरणीय र मार्गदर्शक सुशासनको उदाहरण पेस गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

स्थानीय तह जनताको पहिचान हो : ग्नीप्रसाद सापकोटा

काठमाडौं ,१३ जेठ। नेपाली कम्युनिस्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले स्थानीय तहलाई जनताको पहिचान, सेवा र रूपान्तरणको मुख्य आधार भएको बताउनु भएको छ । जनप्रतिनिधिहरुको प्रशिक्षण

मलाई डोटेली भाषा मन पर्छ : दिपकराज बोहोरा

काठमाडौं,१३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दिपकराज बोहोराले अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्थाको माग गर्नु भएको छ। बुधबार प्रतिनिधिसभाको

मानव अधिकार रक्षा र दण्डहीनताको अन्त्यमा संसद् प्रतिबद्ध छः सभामुख अर्याल

काठमाडौं,१३ जेठ । सभामुख डोलप्रसाद अर्याल (डिपि)ले मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध रहने बताउनु भएको छ् । राष्ट्रिय मानव अधिकार

अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्था हुनुपर्छ : सांसद बोहोरा

काठमाडौं,१३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का सांसद दिपकराज बोहोराले अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्थाको माग गर्नुभएको छ। बुधबार प्रतिनिधिसभाको बैठकमा

बाली लगाउने मौसमअघि मल आपूर्तिको तयारी, ५ हजार टन भित्रियो

काठमाडौं,१३ जेठ । प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा किसानहरूले बाली लगाउने मौसम सुरु हुन लागेकाले रासायनिक मलको सहज तथा सुलभ आपूर्ति सुनिश्चित

नेपालको अर्थतन्त्रमा सुधारः आर्थिक वृद्धिदर ३.८५% हुने

काठमाडौं,१३ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷८३ को आर्थिक सर्वेक्षणले विश्व अर्थतन्त्रमा अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बीच पनि