अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

काठमाडौं ,१८ असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे अमेरिकाले चाँडै निर्णय लिने बताएका छन् । उनले इरानसँगको विषय ‘सजिलो वा कठिन बाटो’ मध्ये कुनै एकबाट टुंगिने संकेत गरेका छन् ।

शनिबार ह्वाइट हाउस बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने, ‘इरानबारे मैले निर्णय गर्नेछु । इरान ध्वस्त भएको छ । अब प्रश्न यति मात्रै हो—यो सजिलो बाटो हुनेछ वा कठिन बाटो ।’

ट्रम्पले इरानसम्बन्धी आगामी कदमबारे भने थप विवरण खुलाएनन् । शुक्रबार पनि उनले आफ्नो रणनीति सार्वजनिक गर्दा ठूलो समाचार बन्ने भन्दै योजनाबारे खुलासा गर्न अस्वीकार गरेका थिए । उनले इरानको अवस्था राम्रो नरहेको दाबी गरेका थिए ।

यसअघि टेक्सासमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्ध ‘धेरै छिट्टै’ अन्त्य हुने बताएका थिए । युद्ध अन्त्य भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा घट्ने उनको भनाइ थियो ।

ट्रम्पले इरानमा ३०१ प्रतिशत मुद्रास्फीति रहेको, आर्थिक अवस्था कमजोर भएको तथा इरानको सैन्य क्षमतामा ठूलो क्षति पुगेको दाबी गरेका छन् । उनले इरानले द्वन्द्व अन्त्य गर्ने विषयमा निर्णायक विकल्प रोज्नुपर्ने बताएका छन् ।

इरानलाई आणविक क्षमता हासिल गर्नबाट रोक्नु अमेरिकी नीतिको प्रमुख प्राथमिकतामध्ये एक रहँदै आएको छ। ट्रम्पको पछिल्लो भनाइसँगै अमेरिकाले इरानविरुद्ध आगामी दिनमा कस्तो कदम चाल्छ भन्ने विषयमा चासो बढेको छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने

काठमाडौं,१८ असोज । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय

अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

काठमाडौं ,१८ असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे अमेरिकाले चाँडै निर्णय लिने बताएका छन् । उनले इरानसँगको विषय ‘सजिलो वा कठिन बाटो’ मध्ये कुनै एकबाट

गठबन्धन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनायो

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक

१० वर्षीया बालिका अपहरण ,जंगलमा लुकाएर राखेको आरोपमा युवक पक्राउ

रुपन्देही,१८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा