मुलुक चुनौतीपूर्ण आर्थिक अवस्थाबाट गुज्रिरहेको छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं ,१६ जेठ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन श्रेष्ठले मुलुक अझै चुनौतीपूर्ण आर्थिक अवस्थाबाट गुज्रिरहेको बताउनु भएको छ ।

नेपाल जग्गा तथा आवास विकास संघ को १९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले व्यवसायीहरूले कठिन परिस्थितिमा पनि संघर्ष गर्दै अघि बढ्न खोजिरहेको बताउनु भयो ।
उहाँले देशमा रोजगारीका लागि विदेश जानुपर्ने, उपभोगका वस्तु विदेशबाट आयात गर्नुपर्ने तथा आम्दानीको प्रमुख माध्यम घरजग्गा कारोबार बन्ने धारणा बलियो बन्दै गएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नु भयो, ‘मुलुक चुनौतीपूर्ण स्थितीमै छ । हामी व्यवसायीहरु जे जस्तो भए पनि टण्डिएर हिड्न खोज्छौं । यो देशमा रोजगारीको लागि विदेशै जानुपर्ने, उपभोगको लागि विदेशबाटै ल्याउनुपर्ने, पैसा कमाउन घरजग्गाकै कारोवार गर्नुपर्ने हो की क्या हो रु अन्यमा खासै पैसा कमाउन सकिएन भन्ने भाष्य छ ।’

उहाँले अन्य उत्पादनशील क्षेत्रको तुलनामा घरजग्गा कारोबारबाट बढी आम्दानी हुने भाष्य समाजमा स्थापित हुँदै गएको टिप्पणी गर्नुभयो ।
अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा केही सकारात्मक पक्ष समेटिएको पनि बताउनु भयो । उहाँका अनुसार सरकारले आयकरको दर केही घटाउने प्रयास गरेको छ भने मध्यम आय भएका वर्गलाई प्रोत्साहन गर्ने व्यवस्था ल्याएको देखिन्छ । साथै युवामुखी कार्यक्रम र सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्रोत्साहन गर्ने नीति पनि बजेटमा समावेश गरिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘अहिले बजेटमा केही राम्रो आएको छ । आय करको दरहरु अलिकति घटाउन खोजेको छ । मध्यम आयस्तरलाई अलिकति प्रोत्साहन गर्न खोजेको जस्तो लाग्छ । युवालाई प्रोत्साहन गर्न खोजेको जस्तो देखिन्छ । आइटीमा पनि प्रोत्साहन गरेको देखिन्छ । पूर्वाधारमा पनि केही खर्च बढाउने किसिममा गएको छ । यो वर्ष धेरै पछि भनौं कमसेकम पूँजीगत खर्चको विकास बजेट बढाएको छ । १ खर्बले भए पनि बढाएको छ । त्यही भएको कारणले सरकारले अलिकति खर्च बढाउन खोजेको हो की रु बजार चलायमान भएन भन्ने कुराहरु सम्बोधन गर्छ की जस्तो लाग्छ । ’
पूर्वाधार विकासमा खर्च बढाउने संकेत बजेटले दिएको उल्लेख गर्दै श्रेष्ठले पूँजीगत खर्चतर्फको विकास बजेट अघिल्ला वर्षहरूको तुलनामा वृद्धि गरिएको बताउनु भयो ।

सरकारले खर्च बढाउने नीति अवलम्बन गरेसँगै आर्थिक गतिविधि विस्तार हुने र सुस्त रहेको बजार चलायमान बन्ने अपेक्षा गर्न सकिने उहाँको भनाइ थियो । उहाँले बजेटका यी व्यवस्थाले बजारमा देखिएको मन्दी र आर्थिक सुस्ततासम्बन्धी चिन्तालाई केही हदसम्म सम्बोधन गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोर्खा युवती माथि दुर्व्यवहार पछि डाक्टरले मागे माफी

काठमाडौँ,१८ असोज । पश्चिम बंगालको डुवर्सस्थित बिरपाडा अस्पतालमा नेपाली भाषी गोर्खा समुदायकी एक युवती माथि दुर्व्यवहार भएको आरोपपछि विवाद चर्किएको छ। घटनाको विरोधमा अस्पताल परिसरमा

‘हामी आउँदै छौँ’ अभियान यही असोज २० गतेदेखि सुरु

काठमान्डौ,१८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद तथा केन्द्रीय सदस्यहरू केन्द्रित ‘हामी आउँदै छौँ’ अभियान यही असोज २० गतेदेखि सुरु गर्दैछ ।

पुनर्निर्माण सहायता र अमेरिकी लगानी खोज्दै अर्थमन्त्री वाग्ले

काठमाडौं ,१८ असोज। भोटेकोशी क्षेत्रमा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि थप बाह्य सहायता जुटाउने र नेपालका सडक तथा विद्युत् प्रसारण पूर्वाधारमा अमेरिकी निजी लगानी भित्र्याउने एजेन्डासहित

कांग्रेस महाधिवेशनका लागि प्रतिनिधि, नेता–कार्यकर्ता तथा समर्थक खुलामञ्च तिर अगाडि बढ्दै

काठमाडौं,१८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनका लागि प्रतिनिधि, नेता–कार्यकर्ता तथा समर्थक खुलामञ्चमा जमघट हुन थालेका छन् । दिउँसो २ बजे टुँडिखेलस्थित खुलामञ्चमा हुने

स्पेनमा बाढीको जोखिम,यात्रामा प्रतिबन्ध

म्याड्रिड।अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले अत्यावश्यकबाहेकका यात्रामा प्रतिबन्ध लगाएका छन्। कातालोनियामा बाढीसम्बन्धी आपतकालीन योजना सक्रिय गर्दै २० प्रशासनिक क्षेत्रमा आइतबार दिउँसोसम्म