बिरपाडा अस्पताल विवाद

गोर्खा युवती माथि दुर्व्यवहार पछि डाक्टरले मागे माफी

काठमाडौँ,१८ असोज । पश्चिम बंगालको डुवर्सस्थित बिरपाडा अस्पतालमा नेपाली भाषी गोर्खा समुदायकी एक युवती माथि दुर्व्यवहार भएको आरोपपछि विवाद चर्किएको छ। घटनाको विरोधमा अस्पताल परिसरमा भेला भएका गोर्खा समुदायका प्रतिनिधि समक्ष आरोपित डाक्टरले हात जोडेर माफी मागेको बताइएको छ।

घटनापछि आक्रोशित गोर्खा समुदायका मानिसहरू अस्पताल परिसरमा भेला भएर विरोध जनाएका थिए। उनीहरूले अस्पतालमा कार्यरत सम्बन्धित डाक्टरसँग घटनाबारे स्पष्टीकरण माग्दै भविष्यमा यस्तो व्यवहार नदोहोर्‍याउन चेतावनी दिएका थिए।विरोधका क्रममा डाक्टर मजुमदारले गोर्खा समुदायसमक्ष माफी माग्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

घटनाप्रति असन्तुष्टि जनाउँदै गोर्खा समुदायका प्रतिनिधिहरूले अब समुदायमाथि फेरि यस्तो दुर्व्यवहार भए सहेर नबस्ने चेतावनी दिएका छन्। उनीहरूले बिरामी तथा सेवाग्राहीसँग सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिँदै भाषाका आधारमा कसैलाई पनि दुर्व्यवहार गर्न नहुने बताएका छन। बिरपाडा अस्पतालमा भएको यस घटनाले नेपाली भाषी गोर्खा समुदायको सम्मान र सेवाग्राहीप्रतिको व्यवहारको विषयलाई पुनः चर्चामा ल्याएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मनसुन बाहिरिने क्रम सुरू ,दमकमा ३५.६ मिलिमिटर वर्षा मापन

मनसुन बाहिरिने क्रम सुरू,पछिल्लो १२ घन्टामा झापाको शनिश्चरेमा ६८.६ मिलिमिटर वर्षा पछिल्लो १२ घन्टामा मापन पूर्वी नेपालमा भारी वर्षा भएको छ। पछिल्लो १२ घन्टामा झापाको

सुरक्षा र व्यवस्थापनका लागि २०० स्वयंसेवक परिचालन

काठमाडौं ,१८ असोज। स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश लामाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको

कांग्रेसको १५औँ महाधिवेशन : इतिहास देखि आजसम्म

काठमाडौँ,१८ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज आइतबार देखि खुलामञ्चमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटनसत्र दिउँसो २ बजे सुरु हुने प्रवक्ता देवराज चालिसेले जानकारी

दसैँको सिजनमा ‘चिनो वेयरहाउस सेल’ विवादमा, संस्थापक बजगाईं असन्तुष्ट

बिर्तामोड ,१८ असोज । दसैँको मुख्य व्यापारिक सिजनमा बिर्तामोडमा सुरु गरिएको ‘चिनो वेयरहाउस सेल’ बन्द गराउन स्थानीय व्यवसायीले दबाब दिएपछि चिनोका संस्थापक नवराज बजगाईंले असन्तुष्टि

गोर्खा युवती माथि दुर्व्यवहार पछि डाक्टरले मागे माफी

काठमाडौँ,१८ असोज । पश्चिम बंगालको डुवर्सस्थित बिरपाडा अस्पतालमा नेपाली भाषी गोर्खा समुदायकी एक युवती माथि दुर्व्यवहार भएको आरोपपछि विवाद चर्किएको छ। घटनाको विरोधमा अस्पताल परिसरमा