निर्वाचनमा सुरक्षा दिन म्यादी प्रहरी

बेरोजगार भएर बसेका युवाहरूका लागि म्यादी प्रहरी एउटा अवसर भएकाले आवेदन दिनेहरूको भीड

 

 

 

 

 

 

सुनसरी  आउँदो स्थानीय तह निर्वाचनका लागि सरकारले म्यादी प्रहरीको माग गरेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीमा आवेदन दिनेको भीड लागेको छ । आगामी २०७९ साल वैशाख ३० गते हुने निर्वाचनमा सुरक्षा दिन म्यादी प्रहरी भर्नाका लागि आवेदन दिनेको भीड बढेको हो ।

जिल्ला प्रहरी कार्यालयअगाडि लामो लाइन बसेर म्यादी प्रहरीका लागि आवेदन दिएका भोक्राहा नरसिंह गाउँपालिका–६ का विनोद साह म्यादी प्रहरी बनेर निर्वाचन सहज वातावरणमा सम्पन्न गर्न योगदान दिने उद्देश्यले आफूजस्ता सयौं युवाहरूले आवेदन दिएको बताउँछन् ।

‘निर्वाचन भनेको एउटा राजनीतिकर्मीको लागि महोत्सवजस्तै हो’ उनले भने, ‘त्यही महोत्सव सफलतापूर्वक सम्पन्न गराउन हामी म्यादी प्रहरी बन्ने तरखरमा लागेका हौं ।’ ‘अधिकांश माध्यमिक तहसम्मको पढाइ बीचमै छाडेर युवाहरू बेरोजगार भएर बसेका छन्’ कोसी गाउँपालिका–४ जुद्धगञ्जका कासिम मन्सुरीले भने, ‘त्यस्ता युवाहरूका लागि म्यादी प्रहरी एउटा अवसर भएकाले आवेदन दिनेहरूको भीड बढेको हो ।’

प्राप्त रोजगारीको अवसर नपाउँदा विदेशिने सुनसरीका युवावर्ग ४० दिने रोजगारीको लागि लाइन लाग्नुले बेरोजगारी समस्या उजागर गर्दछ । साह र मन्सुरीका साथै कोसी गाउँपालिका–८ भण्टाबारीका असरफुल आलम, जियाउल हक, रोहित गुप्ता आदि केही प्रतिनिधिपात्र मात्र हुन् ।

प्रहरी जवान सरह सेवा सुविधा पाउने भएपछि चैत ६ गतेदेखि ९ गतेसम्मको अवधिमा ४ हजार ७ सयको हाराहारीमा आवेदन परेको जिल्ला प्रहरी कार्यालय सुनसरीकी इन्स्पेक्टर मीना राईले जानकारी दिइन् । सुनसरीमा दुई हजार १ सय ४३ जना म्यादी प्रहरी छनोट गरिने सुनसरी प्रहरीले जनाएको छ । चैत ६ गतेदेखि ११ गतेसम्म म्यादी प्रहरीको लागि आवेदन दिन सकिने समय सीमा रहेको छ ।

अघिल्लो स्थानीय तह निर्वाचनको बेला हामीले सुरक्षा दिएकै हौं’ इनरुवा नगरपालिका–९ बबियाका अकरम आलमले भने, ‘यसपटक पुनः म्यादी प्रहरी बनेर सुरक्षा दिने तयारीमा छौं ।’

तर, अघिल्लो पटकभन्दा यसपटक सेवा सुविधा कम भएको आलमको गुनासो छ । अघिल्लो निर्वाचनमा ५५ दिनको लागि तलब, रासन, पोसाकलगायत गरी ७० देखि ७५ हजार हाराहारीमा सुविधा पाएका म्यादी प्रहरीले यसपटक भने बढीमा ४० दिनको लागि प्रहरी जवान सरह मासिक २२ हजार ६ सय ८० का दरले ४० दिनको ३० हजार २ सय ४० रुपैयाँ, खाद्यान्नबापत प्रतिव्यक्ति एकमुष्ठ ७ हजार दुईसय र पोसाक तथा अन्य सामान खरिद गर्नका लागि प्रतिव्यक्ति ६ हजार पाउनेछन् भने निर्वाचनमा खटिने स्थानबाट आवत–जावत खर्चस्वरूप प्रतिव्यक्ति एक पटकको लागि एकहजार रुपैयाँका दरले सुविधा पाउनेछन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले

मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

रामेछाप,३० जेठ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय

ब्राजिल र मोरक्कोबीच आइतबार महाभिडन्त

काठमाडौं,३० जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु