निर्वाचनमा सुरक्षा दिन म्यादी प्रहरी

बेरोजगार भएर बसेका युवाहरूका लागि म्यादी प्रहरी एउटा अवसर भएकाले आवेदन दिनेहरूको भीड

 

 

 

 

 

 

सुनसरी  आउँदो स्थानीय तह निर्वाचनका लागि सरकारले म्यादी प्रहरीको माग गरेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीमा आवेदन दिनेको भीड लागेको छ । आगामी २०७९ साल वैशाख ३० गते हुने निर्वाचनमा सुरक्षा दिन म्यादी प्रहरी भर्नाका लागि आवेदन दिनेको भीड बढेको हो ।

जिल्ला प्रहरी कार्यालयअगाडि लामो लाइन बसेर म्यादी प्रहरीका लागि आवेदन दिएका भोक्राहा नरसिंह गाउँपालिका–६ का विनोद साह म्यादी प्रहरी बनेर निर्वाचन सहज वातावरणमा सम्पन्न गर्न योगदान दिने उद्देश्यले आफूजस्ता सयौं युवाहरूले आवेदन दिएको बताउँछन् ।

‘निर्वाचन भनेको एउटा राजनीतिकर्मीको लागि महोत्सवजस्तै हो’ उनले भने, ‘त्यही महोत्सव सफलतापूर्वक सम्पन्न गराउन हामी म्यादी प्रहरी बन्ने तरखरमा लागेका हौं ।’ ‘अधिकांश माध्यमिक तहसम्मको पढाइ बीचमै छाडेर युवाहरू बेरोजगार भएर बसेका छन्’ कोसी गाउँपालिका–४ जुद्धगञ्जका कासिम मन्सुरीले भने, ‘त्यस्ता युवाहरूका लागि म्यादी प्रहरी एउटा अवसर भएकाले आवेदन दिनेहरूको भीड बढेको हो ।’

प्राप्त रोजगारीको अवसर नपाउँदा विदेशिने सुनसरीका युवावर्ग ४० दिने रोजगारीको लागि लाइन लाग्नुले बेरोजगारी समस्या उजागर गर्दछ । साह र मन्सुरीका साथै कोसी गाउँपालिका–८ भण्टाबारीका असरफुल आलम, जियाउल हक, रोहित गुप्ता आदि केही प्रतिनिधिपात्र मात्र हुन् ।

प्रहरी जवान सरह सेवा सुविधा पाउने भएपछि चैत ६ गतेदेखि ९ गतेसम्मको अवधिमा ४ हजार ७ सयको हाराहारीमा आवेदन परेको जिल्ला प्रहरी कार्यालय सुनसरीकी इन्स्पेक्टर मीना राईले जानकारी दिइन् । सुनसरीमा दुई हजार १ सय ४३ जना म्यादी प्रहरी छनोट गरिने सुनसरी प्रहरीले जनाएको छ । चैत ६ गतेदेखि ११ गतेसम्म म्यादी प्रहरीको लागि आवेदन दिन सकिने समय सीमा रहेको छ ।

अघिल्लो स्थानीय तह निर्वाचनको बेला हामीले सुरक्षा दिएकै हौं’ इनरुवा नगरपालिका–९ बबियाका अकरम आलमले भने, ‘यसपटक पुनः म्यादी प्रहरी बनेर सुरक्षा दिने तयारीमा छौं ।’

तर, अघिल्लो पटकभन्दा यसपटक सेवा सुविधा कम भएको आलमको गुनासो छ । अघिल्लो निर्वाचनमा ५५ दिनको लागि तलब, रासन, पोसाकलगायत गरी ७० देखि ७५ हजार हाराहारीमा सुविधा पाएका म्यादी प्रहरीले यसपटक भने बढीमा ४० दिनको लागि प्रहरी जवान सरह मासिक २२ हजार ६ सय ८० का दरले ४० दिनको ३० हजार २ सय ४० रुपैयाँ, खाद्यान्नबापत प्रतिव्यक्ति एकमुष्ठ ७ हजार दुईसय र पोसाक तथा अन्य सामान खरिद गर्नका लागि प्रतिव्यक्ति ६ हजार पाउनेछन् भने निर्वाचनमा खटिने स्थानबाट आवत–जावत खर्चस्वरूप प्रतिव्यक्ति एक पटकको लागि एकहजार रुपैयाँका दरले सुविधा पाउनेछन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो