दमकमा ब्राह्मण समाजका संस्थापक एवं परिकल्पनाकार सम्मानित

झापा दमक,२० जेठ । झापाको दमक मा मंगलबार ब्राह्मण समाजका परिकल्पनाकार तथा संस्थापक अभिभावकहरूलाई सम्मान गरिएको छ।

 

दमक नगरपालिका–६ स्थित पशुपति मन्दिर को सभाहलमा आयोजित कार्यक्रममा ब्राह्मण समाजलाई संस्थागत रूपमा स्थापित गर्न योगदान पुर्‍याउने परिकल्पनाकार एवं संस्थापक अभिभावकहरूलाई सम्मान गरिएको हो। कार्यक्रम दमक नगरपालिकाको सहयोग तथा ब्राह्मण समाजको आयोजनामा सम्पन्न भएको थियो।

 

कार्यक्रममा खैंजडी, संगिनी तथा बालेनजस्ता सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो। यस्ता कार्यक्रममार्फत लोपोन्मुख सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र विकास गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।

ब्राह्मण समाजका नगर अध्यक्ष भूपेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी सुनिल निरौला, यज्ञराज निरौला, शारदा भट्टराई, भीमप्रसाद पौडेल, कुवेरप्रसाद भट्टराई, केशवप्रसाद प्रसाईं, रिता थापा, कृष्णप्रसाद र पिताम्बर दाहाल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

 

सम्मानित अभिभावकहरूलाई खादा, माला तथा सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा ज्येष्ठ अभिभावक सेवा समाज र धनेश्वर कीर्तन मण्डलीले भजन प्रस्तुत गरेका थिए भने ब्राह्मण नेपाल समाजले संगिनी नृत्य प्रस्तुत गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रामकुमार थापाले लोपोन्मुख बाजा तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा ब्राह्मण समाजले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले संविधानले सबै जातजातिलाई समान रूपमा हेरेको उल्लेख गर्दै आ–आफ्नो धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नु आजको आवश्यकता रहेको बताउनु भयो। पछिल्लो समय युवाहरूको विदेश पलायन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसको पछाडि सामाजिक तथा राजनीतिक कारणहरू पनि जोडिएको धारणा राख्नु भएको छ।

त्यसैगरी युबराज पौड्यालले हराउँदै गएका परम्परागत बाजागाजा तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि दमक नगरपालिका र ब्राह्मण समाजले गरेको प्रयास प्रशंसनीय रहेको बताउनु भयो। उहाँले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै धर्म–संस्कृतिको जगेर्नामा सबैको साझा दायित्व रहने उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्दै अध्यक्ष भूपेन्द्र न्यौपानेले विगतका कठिन परिस्थितिमा ब्राह्मण समुदायको पहिचान, अस्तित्व र संगठन बनिर्माणका लागि योगदान पुर्‍याउने अग्रजप्रति कृतज्ञता व्यक्त गरे। उहाँले सम्मानित अभिभावकहरूको योगदानकै कारण आज ब्राह्मण समाज संस्थागत रूपमा स्थापित हुन सफल भएको बताउनु भयो।

कार्यक्रममा वक्ताहरूले २०६६ साल फागुन १६ गते दमक बहुमुखी क्याम्पसको खेलमैदानमा देशका बौद्धिक व्यक्तित्वहरूको अगुवाइमा ब्राह्मण महाकोष तथा ब्राह्मण समाजलाई संस्थागत रूपमा स्थापना गरिएको ऐतिहासिक पृष्ठभूमिसमेत स्मरण गरेका थिए।
आयोजकका अनुसार ब्राह्मण समाजको संस्थागत विकास, सांस्कृतिक संरक्षण तथा सामाजिक एकतामा योगदान पुर्‍याउने व्यक्तित्वहरूको भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान कार्यक्रम आयोजना गरिएको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय