करबाट चल्ने सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिन्छ: तिमिल्सिना

काठमाडौं ,२० जेठ। सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले जनताको करबाट सञ्चालित सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिने बताउनु भएको छ ।

मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा मन्त्री तिमिल्सिनाले लोककल्याणकारी विज्ञापनको नाममा राज्यको ढुकुटीको दुरुपयोग भइरहेको हुनसक्ने भन्दै यसमा गम्भीर प्रश्न समेत उठाउनु भएको छ।

 

उहाँले भन्नु भयो, ‘अनुदान वा विज्ञापनको पैसा लिनको लागि मात्रै सञ्चालन हुने रेडियो, टेलिभिजन र पत्रपत्रिकाको प्रभावकारिता कति छ ? यस्ता संस्थाले देश र जनतालाई के फाइदा पु¥याएका छन् ? यी सबै कुराको एभिडेन्स (प्रमाण) मा टेकेर अध्ययन हुनुपर्छ।’

सरकारले बाँड्ने पैसा जनताको कर भएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले जनताको हित नगर्ने संघसंस्थालाई सरकारी अनुदान दिने छुट नभएको स्पष्ट पार्नुभयो।

उहाँले भन्नु भयो, ‘कुनै पनि तहको सरकारले कसैलाई खुशी पार्नका लागि जनताको पैसा बाँड्ने होइन। मिडियाले जनतालाई सुसूचित गर्ने काम गरिरहेका छन् कि छैनन्, त्यो हेरिनुपर्छ। निरन्तर रूपमा सुसूचित गराउने मिडियाको क्षमता अभिवृद्धि गर्ने दायित्व राज्यको हो, तर दुरूपयोग गर्नेलाई निर्ममतापूर्वक हेरिनुपर्छ।’

बैठकमा मन्त्री तिमिल्सिनाले नयाँ सरकारको मुख्य प्राथमिकता कानुन निर्माण गर्ने रहेको बताउनु भयो।

 

लामो समयदेखि कानुन निर्माणमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नु भयो, ‘हामी तीन–चार दशकदेखि किन प्रभावकारी कानुन बनाउन सकिरहेका छैनौँ अब कानुन निर्माणको प्रक्रियालाई अगाडि बढाउने र संसदलाई यसको महत्वपूर्ण थलोको रूपमा विकास गर्ने हाम्रो सोच छ।’

कानुनलाई समयअनुकूल र क्षेत्रको विकासमा सहयोगी हुनुपर्नेमा जोड दिँदै उहाँले कानुनहरूले क्षेत्रको विकासलाई रोक्ने नभई सहज बनाउनुपर्ने धारणा राख्नु भयो।

मन्त्री तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी एक–अर्काको अनुभव र राम्रा अभ्यासबाट सिक्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय