रमा तिवारी हत्या प्रकरण

 पाँच दिन बित्दा पनि खुल्न सकेन रहस्य, अनुसन्धानमै अल्झियो प्रहरी

दमक,२१ जेठ। झापाको दमक नगरपालिका–८ निवासी २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरी अझै स्पष्ट निष्कर्षमा पुग्न सकेको छैन । घटनाको पाँच दिन बितिसक्दा पनि हत्या कहाँ, कसरी र कसले ग¥यो भन्ने मुख्य प्रश्नको उत्तर प्रहरीले फेला पार्न सकेको छैन । यद्यपि, घटनाको प्रकृति, भेटिएका प्रमाण र प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले हत्या अन्यत्रै गरेर शव रतुवा खोलामा ल्याएर फालिएको निष्कर्ष निकालेको छ ।

 

गत जेठ १६ गते शनिबार बिहान मोरङ–झापा सीमास्थित सेतुमाडी क्षेत्रको रतुवा खोलामा प्लास्टिकको बोराभित्र पोको पारिएको अवस्थामा एक युवतीको शव फेला परेको थियो । स्थानीयले खोलामा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले बोराभित्र रहेको शव निकालेको थियो। प्रारम्भिक पहिचान हुन नसकेको शव पछि दमक–८ की रमा तिवारीको रहेको पुष्टि भएको थियो ।

 

घटनाले झापा र मोरङ क्षेत्रलाई स्तब्ध बनाएको छ । एक सामान्य परिवारकी युवतीको यसरी हत्या भएको अवस्थामा शव फेला परेपछि स्थानीय समुदायमा त्रास र आक्रोश दुवै देखिएको छ । परिवारले दोषीलाई तत्काल पहिचान गरी कडा कारबाही गर्न माग गरिरहेका छन् भने प्रहरीले अनुसन्धानलाई प्राथमिकतामा राखेको जनाएको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार शव भेटिएको स्थानलाई ‘सेकेन्डरी लोकेसन’ मानिएको छ । अर्थात् हत्या त्यहीँ नभई अन्यत्र गरिएको र पछि शवलाई बोरामा प्याक गरेर खोलामा फालिएको अनुमान छ। झापा प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सुमन बानियाँका अनुसार घटनास्थलको अवस्था, शवको स्थिति र अन्य प्राविधिक पक्षको अध्ययन गर्दा हत्या अन्यत्र भएको देखिन्छ ।

 

शव भेटिएको स्थान घटनाको मुख्यस्थल होइन भन्ने हाम्रो प्रारम्भिक निष्कर्ष छ, प्रहरी स्रोतले जनाएको छ । ‘जहाँ हत्या भयो, त्यो प्राथमिक स्थल अर्थात् प्राइमरी लोकेसन पहिचान गर्न सकियो भने घटनाका धेरै रहस्य खुल्ने सम्भावना छ ।’ प्रहरीका अनुसार रमा तिवारी गत बुधबार साँझ घरबाट बाहिरिनु भएको थियो । परिवारका सदस्यले दिएको जानकारीअनुसार उहाँ राति करिब ८ बजेतिर साथी भेट्न भनेर घरबाट निस्किनु भएको थियो। त्यसपछि उहाँ घर फर्किनु भएको थियो । परिवारले सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्क हुन नसकेपछि चिन्ता बढेको थियो । केही दिनपछि उहाँको शव फेला परेपछि परिवार शोकमा डुबेको छ ।

अनुसन्धानको क्रममा प्रहरीले रमाको मोबाइल फोनको विवरण पनि अध्ययन गरेको छ । प्राविधिक विश्लेषणबाट उहाँको मोबाइलको अन्तिम सक्रिय लोकेसन दमक बजार क्षेत्रमा देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार राति करिब ११ बजेको आसपासमा मोबाइल फोन बन्द भएको देखिन्छ । त्यसपछि मोबाइल सक्रिय भएको कुनै संकेत भेटिएको छैन ।

मोबाइलको अन्तिम लोकेसन, सम्पर्कमा रहेका व्यक्तिहरू, सीसीटीभी फुटेज र अन्य डिजिटल प्रमाणको विश्लेषण गरेर घटनाको शृंखला जोड्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर अहिलेसम्म घटनालाई पूर्ण रूपमा स्पष्ट पार्ने निर्णायक प्रमाण भने हात लागेको छैन । प्रहरीले अनुसन्धानको क्रममा रमासँग अन्तिम समयसम्म सम्पर्कमा रहेका व्यक्तिहरूमाथि सोधपुछ गरिरहेको छ । परिवारले दिएको जानकारीअनुसार रमालाई भेट्न बोलाउने एक युवक सोही दिन सुधार केन्द्रबाट छुटेका थिए । प्रहरीले ती युवकसँग विस्तृत सोधपुछ गरेको भए पनि उनको संलग्नता पुष्टि गर्ने आधार हालसम्म फेला परेको छैन ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार घटनाको प्रकृति हेर्दा एक व्यक्तिले मात्र हत्या गरेको सम्भावना कम देखिन्छ । शव बोक्ने, बोरामा प्याक गर्ने र खोलासम्म पु¥याउने काममा एकभन्दा बढी व्यक्ति संलग्न हुन सक्ने अनुमान गरिएको छ । यद्यपि यो प्रारम्भिक विश्लेषण मात्र भएकाले अनुसन्धानले पुष्टि नगरेसम्म कुनै निष्कर्ष निकाल्न नमिल्ने प्रहरीको भनाइ छ ।

 

यसबीच सामाजिक सञ्जालमा घटना सम्बन्धी अनेक अड्कलबाजी, अपुष्ट दाबी र अनुमानमा आधारित सामग्रीहरू सार्वजनिक भइरहेका छन् । केही युट्युब च्यानल र कन्टेन्ट क्रिएटरहरूले घटनाबारे विभिन्न व्यक्तिलाई जोडेर सामग्री बनाइरहेका छन्। प्रहरीले यस्ता सामग्रीले अनुसन्धानलाई प्रभावित पार्न सक्ने भन्दै गम्भीर चासो व्यक्त गरेको छ । प्रहरीको भनाइमा अनुसन्धानको संवेदनशील चरणमा अपुष्ट सूचना सार्वजनिक हुँदा वास्तविक तथ्य पत्ता लगाउने प्रक्रियामा बाधा पुग्न सक्छ । यसले निर्दोष व्यक्तिमाथि अनावश्यक शंका उत्पन्न गर्नुका साथै सम्भावित प्रमाणसमेत प्रभावित हुन सक्ने जोखिम रहन्छ ।

 

‘अनुसन्धान जारी रहेका बेला अनुमानका आधारमा कसैलाई दोषी ठहर गर्ने वा अपुष्ट सूचना फैलाउने काम नगर्न हामी आग्रह गर्छौं,’ इन्स्पेक्टर बानियाँले भनेका छन् । आधिकारिक पुष्टि नभएका विवरणले न्यायिक प्रक्रियालाई समेत असर पु¥याउन सक्छ । कानुनका जानकारहरुले पनि गम्भीर प्रकृतिका अपराधमा सामाजिक सञ्जालको दबाबभन्दा प्रमाणमा आधारित अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताउँछन् । हत्या जस्ता घटनामा वैज्ञानिक अनुसन्धान, डिजिटल प्रमाण, फरेन्सिक परीक्षण र प्रत्यक्ष–अप्रत्यक्ष साक्ष्यको भूमिका महत्वपूर्ण हुने भएकाले हतारमा निष्कर्ष निकाल्दा वास्तविक अपराधी उम्किन सक्ने उनीहरूको भनाइ छ ।

यता रमा तिवारीको परिवार भने न्यायको प्रतीक्षामा छ । छोरीको हत्या कसले र किन ग¥यो भन्ने प्रश्नको उत्तर खोजिरहेका परिवारजनले प्रहरी अनुसन्धानप्रति आशा व्यक्त गरेका छन् । स्थानीयवासीले पनि घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कठघरामा ल्याउन माग गरेका छन् ।

 

प्रहरीले अहिले घटनासँग सम्बन्धित सम्भावित व्यक्तिहरूको गतिविधि, मोबाइल सम्पर्क विवरण, सीसीटीभी फुटेज, यात्रा र आवतजावतको रेकर्ड तथा अन्य प्राविधिक प्रमाणहरू अध्ययन गरिरहेको जनाएको छ । अनुसन्धानका विभिन्न पाटो खुला राखेर काम भइरहेको र प्रमाणको आधारमा मात्र निष्कर्षमा पुगिने प्रहरीको भनाइ छ । रतुवा खोलामा फेला परेको एक युवतीको शवबाट सुरु भएको यो अनुसन्धान अहिले हत्या भएको वास्तविक स्थान, हत्याको उद्देश्य र संलग्न व्यक्तिहरूको पहिचानतर्फ केन्द्रित छ । तर मुख्य प्रमाणको खोजी अझै जारी रहेकाले रमा तिवारी हत्या प्रकरण अनेक प्रश्नको घेरामा रहेको छ । प्रहरी अनुसन्धानले ती प्रश्नहरूको उत्तर कहिले र कसरी दिन्छ भन्नेमा अहिले सबैको चासो केन्द्रित भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भैरहवा विमानस्थल चल्नेमा आशासँगै कार्यान्वयनको चिन्ता

रुपन्देही,८ मंसिर । नेपाल–भारतबीच हवाई रुटलाई दुईतर्फी बनाउने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने आशा जगाएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र उत्साहित बनेको छ ।प्रधानमन्त्री बालेन्द्र

ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ

कन्काई , मंसिर ८ । लागूऔषध ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ परेका छन् ।आज मंगलबार दिउँसो १२ः३० बजे कन्काई नगरपालिका वडा नं.३ गोहीखाडीमा इलाका

कुमरखोद प्रहरी इन्चार्ज ढुङ्गाना ‘पुलिस अफ द मन्थ’ घोषित

झापा, ८ मंसिर । दक्षिणी सीमावर्ती नाकाबाट भित्रिने गरेको लागूऔषध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै आएका इलाका प्रहरी कार्यालय कुमरखोदका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) सुबास

सुनकोसी–मरिण आयोजना रद्द भए मधेस आन्दोलित हुने सांसद झाको चेतावनी

काठमाडौं,८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आयोजना अलपत्र पार्ने नभई निर्धारित योजनाअनुसार सम्पन्न गर्न सरकारसँग स्पष्ट कार्ययोजना माग गर्नु भएको

भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह

भैरहवा,८ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुवैतर्फी सञ्चालन गर्ने विषयमा सहमति भएसँगै लुम्बिनी क्षेत्रमा उत्साह थपिएको

अयोध्या हवाई सेवा सुरु गर्न मुख्यमन्त्री यादवको आग्रह

जनकपुर ,८ मंसिर। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधामदेखि भारतको अयोध्यासम्म हवाई सेवा सुरु हुनु पर्नेमा जोड दिनु भएको छ।अयोध्याबाट जनकपुरधाम आईपुगेको सरयू कमला

भारत भ्रमणमा बालेनः संसदमा चर्को अडान, मोदीसँगको वार्तामा लिपुलेकको प्रसंगै उठेन

काठमाडौँ,८ मंसिर । प्रधानमन्त्री बालेन शाहले कालापानी, लिपुलेकको सीमा विवादबारे सार्वजनिक रूपमा जे बोल्दै आँउनु भएको थियने, त्यसलाई भारतसँगको द्विपक्षीय वार्तामा उठाउन नसकेको खुलेको छ।