स्टेप अफ एजुकेसनद्वारा ओपन फुटसल आयोजना

झापा दमक ,२२ जेठ । स्टेप अफ एजुकेसन कन्सल्टेन्सीले +2 विद्यार्थीहरूका लागि ओपन फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।

झापाको दमक–६, बेलडाँगी रोडमा सञ्चालनमा रहेको स्टेप अफ एजुकेसन कन्सल्टेन्सीले +2 पूरा गरेर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै “+2 ओपन फुटसल टुर्नामेन्ट” आयोजना गर्ने भएको हो। आयोजक संस्था स्टेप अफ सक्सेसका संस्थापक रवीन दाहालका अनुसार प्रतियोगिता खेलकुद, मनोरञ्जन र भविष्यका अवसरसँग जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।

आयोजक रवीन दाहालले जानकारी दिँदै भन्नुभयो,“यो प्रतियोगिता विद्यार्थीहरूका लागि खेलकुदसँगै अवसर र आत्मविकासको उत्कृष्ट संगम हुनेछ।”
उक्त प्रतियोगिता यही २३ र २४ गते दमक–५, गोर्खाली टोलस्थित बिस्ट फुटसलमा सञ्चालन हुनेछ। बिर्तामोडदेखि मोरङसम्मका विभिन्न कलेज तथा क्लबहरूको सक्रिय सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा १६ वटा टिमबीच रोमाञ्चक प्रतिस्पर्धा हुने छ। खेल २०–२० मिनेटको हुने व्यवस्था गरिएको छ भने सम्पूर्ण प्रतियोगिताभर सुर्तीजन्य पदार्थको पूर्ण प्रतिबन्ध लगाइएको छ।

प्रतिभागी टिमहरूमा पशुपति आवासीय माध्यमिक विद्यालय, ग्लोबल एजुकेसन कलेज, टिम ६९, सिर्जनशील युथ क्लब, जेम्स डिकम, इचोम, स्किल भ्याली, नेपाल दर्शन कलेज, पाथीभरा युनाइटेड, राइजिङ एफसी, हिमावी, मोरङ मोडल कलेज, वाल्मीकि मेमोरियल कलेज, टिम सिनर्जी लगायतका टोलीहरू सहभागी हुनेछन्।

प्रतियोगिताको विजेता टोलीले ३० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यसैगरी, गोलाप्रथाबाट छनोट गरिने ३ जना भाग्यशाली सहभागीलाई यूकेको निःशुल्क टिकट प्रदान गरिने आयोजकले जनाएको छ। साथै, सबै सहभागी टिम तथा खेलाडीहरूलाई निःशुल्क IELTS र PTE कक्षामा अध्ययन गर्ने अवसर समेत उपलब्ध गराइनेछ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई ट्रफी तथा प्रमाणपत्रद्वारा सम्मान गरिनेछ।
आयोजक बालचन्द कार्कीका अनुसार यो प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै अनुशासन, टिमवर्क र नेतृत्व क्षमताको विकास गर्ने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय