"मल अभाव"

रसायनिक मल नपाउँदा किसानहरु चिन्तित, मकै बालीमा गरेको लगानी समेत उठ्न मुस्किल

झापा/ दुई वर्ष अघि देखी मकै जोन कार्यक्रम संचालन गरिएको झापाको झापा गाउँपालिकामा मकैमा लगाउने रसायनिक मल समयमै नपाउँदा किसानहरु चिन्तित बनेका छन् । यहाँका किसानले मल नपाएपछि सिमावर्ती क्षेत्र भारत बिहारको दिघलबैंकबाट महङ्गो रकम तिरेर मल भित्र्याउन बाध्य हुनुपरेको छ ।

झापाको झापा गाउँपालिकामा करिव ५०० हेक्टर भन्दा बढी क्षेत्रफलमा मकै खेती हुने गरेको कृषि शाखाको तथ्याङ्क रहेको छ । यता सुलभ मूल्यमा नेपालबाटै पाइने मल समयमै नपाउँदा महङ्गो रकम तिरेर भारतिय गुणस्तरहीन मल किन्न बाध्य हुनु परेको किसानको गुनासो रहेको छ ।

भारतमा मल लिन जाँदा पनि सहजै नपाउने र यहाँ ५० केजी ९ सय २५ रुपैयाँमा पाउने युरिया मल भारतबाट ल्याउदा ४५ केजीकै १४ सय देखी १६ सय सम्म पर्ने स्थानीय कृषक बताउँछन् ।

अधिकांस जमिनमा मकै खेती गर्ने किसानले समयमै मल हाल्न नपाएपछी मकै बालीमा गरेको लगानी समेत उठ्न मुस्किल भएको किसानले अनुमान गरेका छन् ।

Share: