के भन्छ प्राधिकरण ?

दमकमा झ्याप्प–झ्याप्प विद्युत अवरुद्ध हुँदा उपभोक्ता मारमा

घरायसी कामकाजमा समस्या त छँदैछ, बारम्बार विद्युत जाने र आउने अवस्थाले विद्युतीय उपकरण बिग्रिने जोखिम

 

दमक, २४ जेष्ट । झापा जिल्लाको दमक क्षेत्रमा पछिल्लो समय विद्युत आपूर्ति अनियमित बन्दै गएको छ। दिनमा पटक–पटक बिजुली जाने र आउने समस्याले सर्वसाधारणदेखि व्यवसायीसम्म हैरान छन्। बढ्दो गर्मीसँगै विद्युत खपत उच्च हुँदा वितरण प्रणालीमा चाप बढेको भन्दै नेपाल विद्युत प्राधिकरणले समस्या स्वीकार गरेको छ।

 

गर्मी बढेसँगै दमकका घरघरमा पंखा, कुलर, एसी लगायतका विद्युतीय उपकरणको प्रयोग पनि बढेको छ। तर आवश्यकता बढेअनुसार विद्युत आपूर्ति भने सहज हुन सकेको छैन। दिनभरि पटक–पटक बिजुली जाने र आउने समस्याले उपभोक्ता हैरान बनेका छन्।

 

नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रका प्रमुख इन्जिनियर राम अयोध्या राय यादवका अनुसार अत्यधिक विद्युत खपतका कारण केही स्थानमा लोड धान्न कठिन भइरहेको छ। जसका कारण फ्युज झर्ने र लाइन अवरुद्ध हुने समस्या दोहोरिइरहेको छ।

 

विद्युत आपूर्ति अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जीवन प्रभावित बनेको छ। घरायसी कामकाजमा समस्या त छँदैछ, बारम्बार विद्युत जाने र आउने अवस्थाले विद्युतीय उपकरण बिग्रिने जोखिम समेत बढेको उपभोक्ताको गुनासो छ। गर्मीको समयमा यस्तो समस्या झन् असहज बनेको उनीहरू बताउँछन्।

 

यद्यपि, प्राधिकरणले दमक वितरण केन्द्रको सेवा क्षेत्रभित्र आवश्यक पूर्वाधार पर्याप्त रहेको दाबी गरेको छ। तर केही प्राविधिक कमजोरी र ट्रान्सफर्मर अभावका कारण समस्या पूर्ण रूपमा समाधान हुन नसकेको स्वीकार गरेको छ।

उज्यालो खबरसँगको कुराकानीमा प्रमुख इन्जिनियर यादवले तत्काल कम्तीमा १५ वटा नयाँ ट्रान्सफर्मर आवश्यक रहेको बताउनुभयो। ती ट्रान्सफर्मर उपलब्ध हुनासाथ हाल देखिएको अधिकांश समस्या समाधान गर्न सकिने उहाँको भनाइ छ। आवश्यक उपकरण ल्याउन पहल भइरहे पनि प्रक्रिया अपेक्षाअनुसार अगाडि बढ्न नसकेको उहाँले जानकारी दिनुभयो।

 

यसबीच प्राधिकरणले उपभोक्तालाई आवश्यकताभन्दा बढी विद्युत खपत नगर्न र अनावश्यक उपकरण प्रयोग नगरी सहयोग गर्न आग्रह गरेको छ। सबैको सहकार्यबाट विद्युत प्रणालीमाथिको चाप कम गरी समस्या न्यूनीकरण गर्न सकिने प्राधिकरणको विश्वास छ।

 

गर्मी बढ्दै जाँदा विद्युतको माग अझ बढ्ने निश्चित छ। तर मागअनुसार पूर्वाधार विस्तार र व्यवस्थापन समयमै हुन नसके उपभोक्ताको सास्ती अझ लम्बिन सक्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२५ करोड ऋणमा ५० लाख घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर विशेष अदालतबाट कसुरदार ठहर

१४ असोज, काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष

बाढीले क्षतविक्षत भएको एक महिनापछि बेत्रावतीसम्म जोडियो सडक, रसुवागढी नाका खुलाउने प्रयास तीव्र

काठमाडौँ , असोज १४। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्‍याई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ । नेपाली

खर्च कटौतीको नीतिविपरीत साढे ३ करोडको विलासी गाडी किन्ने प्रक्रिया मधेस सरकारद्वारा रद्द

जनकपुरधाम , असोज १४। मधेस प्रदेश सरकारले ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) का लागि साढे ३ करोड रुपैयाँ बराबरको विलासी चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न आह्वान गरेको

गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच टकराव, पोखरी खाली गराउने अभियान अन्योलमा

जनकपुर , असोज १४। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानमाथि प्रश्न उठाएका छन् । उनले सम्पूर्ण जनकपुरको जग्गा गुठी कै भएकोले सार्वजनिक सौचालय

पाँच देशका नवनियुक्त आवासीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं , असोज १४। नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।  राष्ट्रपति कार्यालयमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष

जबरा नियन्त्रण प्रकरण : कानुनी आधार सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं , असोज १४। नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस