जनताको अविश्वासका कारण पाकिस्तानमा पोलियो उन्मूलन अभियान प्रभावित

काठमाडौं,२८ कार्तीक । खोप अभियानप्रति जन समुदायको अस्वीकार र सरकारी स्वास्थ्य संस्थाप्रतिको अविश्वासका कारण पाकिस्तानमा पोलियो उन्मूलन अभियान चुनौतीपूर्ण बन्दै गएको छ । सन् २०२६ मा मात्रै पाकिस्तानमा पोलियोका नौवटा घटना पुष्टि भएका छन् ।नोभेम्बर ६ मा खैबर जिल्लाका सात महिनाका बालकमा पोलियो संक्रमण पुष्टि भएसँगै यस वर्ष संक्रमितको संख्या नौ पुगेको हो । यस वर्ष पुष्टि भएका घटनामध्ये सातवटा खैबर पख्तुनख्वा प्रान्तमा देखिएका छन् ।

 

पाकिस्तानको सञ्चारमाध्यम डनका अनुसार झन्डै तीन दशकदेखि पोलियो उन्मूलनका लागि प्रयास भइरहेको छ । यसका लागि अन्तर्राष्ट्रिय समुदायबाट अर्बौं अमेरिकी डलर सहयोग प्राप्त भएको छ भने चार लाखभन्दा बढी खोपकर्मी परिचालन गरिएका छन् । यति लामो प्रयासका बाबजुद पाकिस्तानले पोलियो उन्मूलन गर्न सकेको छैन ।पोलियो उन्मूलनमा देखिएको समस्या खोपको उपलब्धता र भौगोलिक कठिनाइमा मात्रै सीमित नरहेको डनको समाचारमा उल्लेख छ । सरकारी निकाय तथा स्वास्थ्य सेवाप्रति सर्वसाधारणको विश्वास कमजोर हुनु पनि अभियानको प्रमुख चुनौती बनेको छ । सुरक्षा चुनौती, जनसंख्याको आवतजावत, दुर्गम भौगोलिक अवस्था, गलत सूचना र खोपप्रतिको अनिच्छाले खोप अभियान प्रभावित भइरहेको छ ।

 

तर, खोप टोली नियमित रूपमा पुग्ने समुदायबाट समेत बारम्बार खोप अस्वीकार हुनुले सरकारी संस्थाप्रतिको अविश्वास गहिरो रहेको देखाएको समाचारमा उल्लेख छ । विशेषगरी आधारभूत स्वास्थ्य सेवा, मातृ स्वास्थ्य सेवा, नियमित बाल खोप र स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित समुदायमा सरकारी स्वास्थ्य सेवाप्रति असन्तुष्टि देखिएको छ । कतिपय परिवारका लागि पोलियो खोपकर्मी नै घरसम्म पुग्ने सीमित सरकारी प्रतिनिधिमध्ये पर्ने गरेका छन् । तर, उनीहरूले अन्य स्वास्थ्य समस्या बेवास्ता गरेर पोलियो खोप अभियानलाई मात्रै प्राथमिकता दिएको बुझाइ समुदायमा रहेको डनले जनाएको छ ।डनले सन् २०२३ डिसेम्बरमा प्रकाशित ब्रिटिस मेडिकल जर्नलको प्रतिवेदनलाई उद्धृत गर्दै दक्षिण खैबर पख्तुनख्वाका आदिवासी समुदायका जिरगाले त्यस वर्ष मात्रै ६७७ पटक खोप अभियान बहिष्कार गर्ने निर्णय गरेको उल्लेख गरेको छ ।

 

ती समुदायले विद्युत्, सडक, रोजगारी र नागरिक सुविधाको माग पूरा गराउन खोप अभियान बहिष्कारलाई दबाबको माध्यम बनाउने गरेका छन् । पाकिस्तानको पोलियो कार्यक्रमले समेत केही समुदायले स्थानीय समस्या समाधानका लागि खोप अभियान बहिष्कार गर्ने गरेको स्वीकार गरेको समाचारमा उल्लेख छ ।खोप अभियान सञ्चालन गर्ने टोलीभित्र पनि विभिन्न कमजोरी रहेको डनको समाचारमा उल्लेख छ । महिला खोपकर्मीको पर्याप्त उपलब्धता नहुनु, कर्मचारी बारम्बार परिवर्तन हुनु र आवश्यक तालिमको कमीले अभियान प्रभावकारी हुन सकेको छैन ।खोप अभियानप्रति समुदायको प्रतिरोध कम गर्न स्थानीय स्तरमा विश्वास प्राप्त व्यक्तिहरूलाई सहभागी गराउनुपर्ने र सर्वसाधारणसँग प्रभावकारी संवाद गर्नुपर्ने सुझाव दिइएको छ । त्यस्तै, पोलियो उन्मूलनका लागि सञ्चालन हुँदै आएका आकस्मिक खोप अभियानलाई प्रान्तीय स्वास्थ्य प्रणालीसँग एकीकृत गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । खोप पूर्वाधार, तालिमप्राप्त जनशक्ति र रोग निगरानी प्रणालीलाई स्थायी सार्वजनिक स्वास्थ्य सेवाको हिस्सा बनाउन सके पोलियो उन्मूलन प्रयास प्रभावकारी हुने डनको विश्लेषण छ ।पाकिस्तानमा पोलियो उन्मूलनको चुनौती खोप पु¥याउने विषयमा मात्रै सीमित नभई स्वास्थ्य सेवाप्रतिको विश्वास, आधारभूत सेवा विस्तार र स्थानीय समुदायका आवश्यकता सम्बोधनसँग समेत जोडिएको देखिएको छ । एएनआई

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

छठ मनाउन रवि लामिछाने दम्पती जनकपुरमा

काठमाडौं,२८ कार्तीक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँकी धर्मपत्नी निकिता पौडेल छठ पर्व मनाउन जनकपुर पुग्नु भएको छ।जनकपुर एयरपोर्टमा उहाँहरुलाई शनिबार पार्टीका

अस्ट्रेलियामा बढ्दो आप्रवासनविरुद्ध संसद् भवनअगाडि प्रदर्शन

क्यानबेरा,२८ कार्तीक । अस्ट्रेलियामा बढ्दो आप्रवासनको विरोध गर्दै शनिबार राजधानी क्यानबेरास्थित संसद् भवन अगाडि प्रदर्शन गरिएको छ ।‘अस्ट्रेलिया मार्चेज् – आप्रवासन अन्त्यका लागि राष्ट्रिय अभियान’

छठका लागि जनकपुरधामका घाट तयार, रवि लामिछाने आउने भएपछि सुरक्षा कडा

जनकपुर,२८ कार्तीक । छठ पर्वको तयारीका निम्ति जनकपुरधामका पोखरी तथा जलाशयहरुको तयारी पूरा भएको छ । घाट सफा गर्ने देखि टेन्ट, बत्ती जडान लगायतका कार्यहरु

बाढीका मृतकको सम्झनामा त्रिशूली–३ ‘बी’ अगाडि झण्डा

काठमाण्डौँ,२८ कार्तीक ।गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदि बेसिनमा आएको विनाशकारी बाढीमा परेर दिवंगत भएकाहरुको सम्झानामा त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजना अगाडि गाडिएका झण्डाहरु । तामाङ

बाहुनडाँगीमा बाली भित्र्याउन थप सुरक्षा फौज परिचालन

बाहुनडाँगी, २८ कार्तिक। हात्तीको आक्रमणबाट एक जना घाइते भएपछि जिल्ला प्रशासन कार्यालय झापाले हात्ती प्रभावित बाहुनडाँगीका किसानलाई पाकेको बाली समयमै घर भित्र्याउन आग्रह गरेको छ।बाली

रुस–युक्रेन आक्रमण तीव्र : ऊर्जा पूर्वाधार र ड्रोन केन्द्र निशानामा

काठमाडौं ,२८ कार्तीक। रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह, रेलमार्ग तथा ड्रोन उत्पादन र सञ्चालन केन्द्रलाई लक्षित गरी आक्रमण तीव्र भएको छ । दुवै देशले शुक्रबार

जनताको अविश्वासका कारण पाकिस्तानमा पोलियो उन्मूलन अभियान प्रभावित

काठमाडौं,२८ कार्तीक । खोप अभियानप्रति जन समुदायको अस्वीकार र सरकारी स्वास्थ्य संस्थाप्रतिको अविश्वासका कारण पाकिस्तानमा पोलियो उन्मूलन अभियान चुनौतीपूर्ण बन्दै गएको छ । सन् २०२६