छठका लागि जनकपुरधामका घाट तयार, रवि लामिछाने आउने भएपछि सुरक्षा कडा

जनकपुर,२८ कार्तीक । छठ पर्वको तयारीका निम्ति जनकपुरधामका पोखरी तथा जलाशयहरुको तयारी पूरा भएको छ । घाट सफा गर्ने देखि टेन्ट, बत्ती जडान लगायतका कार्यहरु सम्पन्न भइसकेको छ ।विशिष्ठ व्यत्तिहरुको आगमनलाई मध्येनजर गर्दै जनकपुरधामका घाटसहित नगरभरिको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँकी धर्मपत्नी निकिता पौडेलले जनकपुरधामको गंगासागर पोखरीमा छठ मनाउने भएका कारण यस घाटको वरिपरि विशेष सुरक्षा नियमहरु अपनाइएको छ । गंगासागर छठ पूजा समितिले शनिबार पत्रकारसम्मेलन गर्दै सुरक्षा नियमहरुबारे जानकारी गराएको छ ।

 

समितिका अध्यक्ष सतिश कुमार लाल दासका अनुसार विशिष्ट अतिथिहरूको आगमनलाई मध्येनजर गर्दै गंगा सागर घाटको वरिपरि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा समितिका स्वयंसेवक परिचालन गरी विशेष सुरक्षा र भीड व्यवस्थापनमा कडाइ गरिएको छ ।विगतका वर्षहरुमा एकदिन अगावै घाटमा पूजा सामग्री राखिने होड हुन्थ्यो । तर यस वर्ष भने छठ घाटमा पूजाका सामग्री व्यवस्थापन सहज बनाउन कार्तिक २९ गते बिहान ७ बजेदेखि मात्र डाला तथा सुपली घाटमा ल्याउन समितिले व्रतालुहरूलाई आग्रह गरेको छ ।त्यस्तै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार छठ पर्व अवधिभर गंगासागर आसपासका क्षेत्रमा माछा, मासु तथा मदिराजन्य पसल बन्द गर्न निर्देशनसमेत दिइएको छ ।

 

समिति अध्यक्ष दासका अनुसार घाट परिसरमा डिजे बजाउन, मादक पदार्थ सेवन गरी होहल्ला गर्न तथा पटाका पड्काउनसमेत प्रतिबन्ध लगाइएको छ ।त्यस्तै, छठ पर्वका मुख्य दिनमा गंगासागर पोखरीका चारैतर्फका डिल तथा पूजा परिसरभित्र सवारीसाधन प्रवेश र पार्किङ गर्न रोक लगाइनुका साथै पोखरीको चारैतर्फ ठेला, फुटपाथ पसल तथा अस्थायी व्यापार व्यवसाय सञ्चालन गर्न पनि निषेध गरिएको छ ।

 

सवारी आवागमन व्यवस्थित गर्न कार्तिक २९ गते दिउँसो ४ बजेदेखि ३० गते बिहानको अर्घ्य सम्पन्न नहुँदासम्म विशेष ट्राफिक व्यवस्थापन समेत लागू गरिएको अध्यक्ष दासले जानकारी दिनु भयो ।छठ पर्व मनाउन रास्वपा सभापति लामिछाने दम्पत्ति आजै जनकपुरधाम आउन लाग्नु भएको छ । उहाँको आगमनका कारण जनकपुर नगरभरि भारी मात्रामा प्रहरी प्रशासन तैनाथ गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

छठ मनाउन रवि लामिछाने दम्पती जनकपुरमा

काठमाडौं,२८ कार्तीक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँकी धर्मपत्नी निकिता पौडेल छठ पर्व मनाउन जनकपुर पुग्नु भएको छ।जनकपुर एयरपोर्टमा उहाँहरुलाई शनिबार पार्टीका

अस्ट्रेलियामा बढ्दो आप्रवासनविरुद्ध संसद् भवनअगाडि प्रदर्शन

क्यानबेरा,२८ कार्तीक । अस्ट्रेलियामा बढ्दो आप्रवासनको विरोध गर्दै शनिबार राजधानी क्यानबेरास्थित संसद् भवन अगाडि प्रदर्शन गरिएको छ ।‘अस्ट्रेलिया मार्चेज् – आप्रवासन अन्त्यका लागि राष्ट्रिय अभियान’

छठका लागि जनकपुरधामका घाट तयार, रवि लामिछाने आउने भएपछि सुरक्षा कडा

जनकपुर,२८ कार्तीक । छठ पर्वको तयारीका निम्ति जनकपुरधामका पोखरी तथा जलाशयहरुको तयारी पूरा भएको छ । घाट सफा गर्ने देखि टेन्ट, बत्ती जडान लगायतका कार्यहरु

बाढीका मृतकको सम्झनामा त्रिशूली–३ ‘बी’ अगाडि झण्डा

काठमाण्डौँ,२८ कार्तीक ।गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदि बेसिनमा आएको विनाशकारी बाढीमा परेर दिवंगत भएकाहरुको सम्झानामा त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजना अगाडि गाडिएका झण्डाहरु । तामाङ

बाहुनडाँगीमा बाली भित्र्याउन थप सुरक्षा फौज परिचालन

बाहुनडाँगी, २८ कार्तिक। हात्तीको आक्रमणबाट एक जना घाइते भएपछि जिल्ला प्रशासन कार्यालय झापाले हात्ती प्रभावित बाहुनडाँगीका किसानलाई पाकेको बाली समयमै घर भित्र्याउन आग्रह गरेको छ।बाली

रुस–युक्रेन आक्रमण तीव्र : ऊर्जा पूर्वाधार र ड्रोन केन्द्र निशानामा

काठमाडौं ,२८ कार्तीक। रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह, रेलमार्ग तथा ड्रोन उत्पादन र सञ्चालन केन्द्रलाई लक्षित गरी आक्रमण तीव्र भएको छ । दुवै देशले शुक्रबार

जनताको अविश्वासका कारण पाकिस्तानमा पोलियो उन्मूलन अभियान प्रभावित

काठमाडौं,२८ कार्तीक । खोप अभियानप्रति जन समुदायको अस्वीकार र सरकारी स्वास्थ्य संस्थाप्रतिको अविश्वासका कारण पाकिस्तानमा पोलियो उन्मूलन अभियान चुनौतीपूर्ण बन्दै गएको छ । सन् २०२६