जेन जी आन्दोलनमा सुधन गुरुङ देखि स्वागत नेपाल सम्मको गोप्य बैठक,यसरी हुन्थ्यो बङ्लादेश शैली मा सत्ता पल्टाउने योजना

काठमाडौँ,२५ जेठ । जेन(जी ले गरेको शान्तिपूर्ण आन्दोलन एकाएक कसरी हिंसात्मक र ध्वंसात्मक बन्यो ? के यो तत्कालको आक्रोश मात्रै थियो कि यसको पछाडि कुनै ठूलो योजना थियो ? ९ महिनापछि यसको सनसनीपूर्ण रहस्य खुलेको छ।

राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर निकाय) र राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन अनुसार, यो आन्दोलन आकस्मिक नभई बाङ्लादेश शैली मा नेपालको सत्ता परिवर्तन गर्ने र प्रमुख नेताहरूलाई देशबाटै लखेट्ने एउटा ठूलो पूर्वयोजनाबद्ध खेल थियो।

बागबजारको त्यो गोप्य बैठक प्रतिवेदन अनुसार २०८१ सालको साउन(भदौदेखि नै केही अभियन्ता र सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरू संगठित हुन थालेका थिए। २०८१ भदौ २२ गते काठमाडौँको हार्दिक होटलमा बब्लु गुप्ता, अधिवक्ता स्वागत नेपाल, बालकृष्ण न्यौपानेलगायतको एउटा बैठक बस्यो। उक्त बैठकले नेपालमा प्रत्येक १० वर्षमा आन्दोलन हुने गरेकोु नजिर निकाल्दै अब तेस्रो जनआन्दोलन गर्ने र बाङ्लादेशमा जस्तै नेताहरूलाई लखेटेर युवाहरूलाई नेतृत्व सुम्पिने निष्कर्ष निकालेको थियो।

भ्रम फैलाउन एआईु र सामाजिक सञ्जालको प्रयोग जनतालाई सरकारप्रति भड्काउन र आक्रोशित तुल्याउन भ्रष्टाचार र सुशासनको विषयलाई अतिरञ्जित गरियो। आन्दोलन हुनु अगावै संसद् भवन र सिंहदरबार जलाइएको एआईु (आर्टिफिसियल इन्टेलिजेन्स) बाट निर्मित भ्रमपूर्ण तस्बिर र भिडिओहरू सामाजिक सञ्जालमा फैलाइएका थिए। ुवेकअप नेपालु नामक टिकटक अकाउन्ट र अन्य माध्यमबाट प्रदर्शनको अघिल्लो दिन नै पेट्रोल बम (मोलोटभ ककटेल) तयार पारेर आउन आह्वान गरिएको तथ्य प्रतिवेदनले खोलेको छ।

बालबालिकालाई मानव ढालु र बम बनाउने प्रशिक्षण मानवअधिकार आयोगकी सदस्य लिली थापाका अनुसार आन्दोलनका ३५ वटा प्रामाणिक भिडिओहरू जाँच गर्दा डरलाग्दो तथ्य भेटिएको छ। उच्च पदमा रहेका व्यक्ति र अभियन्ताहरूले नै प्रदर्शनमा विद्यार्थी र बालबालिकालाई अगाडि सारेर मानव ढाल बनाउन, बम बनाउन र सुरक्षाकर्मीलाई आक्रमण गर्नु निर्देशन दिएको प्रमाण फेला परेको छ।

सुधन समूह र एभरेस्ट होटल अगाडिको त्यो भिड २०८२ भदौ २३ गते नयाँ बानेश्वरको एभरेस्ट होटल अगाडि २०(२५ हजारको भिड जम्मा भएको थियो। हामी नेपालु का सुधन गुरुङले उक्त भिडको नेतृत्व लिएका थिए। सो भिडमा, टीओबी ट्याटु खोपेका र मास्क लगाएका युवाहरू थिए, जसले प्रहरीको ब्यारिकेड तोड्न भिडलाई उक्साएका थिए। आन्दोलनलाई शान्तिपूर्ण भनिए पनि पहिल्यै टेन्टहरू गाड्नु, मास्कधारी स्वयंसेवक राख्नु र ३ वटा एम्बुलेन्स तैनाथ गर्नुले हिंसाको पूर्वतयारी स्पष्ट पारेको आयोगको ठहर छ।

आन्दोलनपछि को कहाँ पुगे? यस आन्दोलनलाई पृष्ठभूमि बनाएर रास्वपा, राप्रपा, माओवादी केन्द्र तथा दुर्गा प्रसाईंको समूहले राजनीतिक फाइदा उठाए। अचम्मको कुरा त के छ भने, आन्दोलनको पूर्वयोजना बुन्ने र भिड उक्साउने प्रमुख व्यक्तिहरू नै पछि सत्ता र संसद्मा पुगे

सुधन गुरुङ आन्दोलनपछि सांसद बन्दै गृहमन्त्रीसम्म भए (यद्यपि विवादका कारण उनले राजीनामा दिइसकेका छन्)।
बब्लु गुप्तास् अन्तरिम चुनावी सरकारमा युवा तथा खेलकुदमन्त्री बने (हाल रास्वपा सांसद)।
सोम शर्मा रास्वपाबाट निर्वाचित सांसद।
हेमराज थापा रास्वपाबाट चुनाव लडेका तर पराजित उम्मेदवार।

दोषीमाथि कारबाहीको सिफारिस प्रतिवेदनले आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेल्ने दुर्गा प्रसाईं (जसले बैंक, व्यवसायी र नेताविरुद्ध निरन्तर अफवाह फैलाए), भिक्टर पौडेल ९रुटिन अफ नेपाल बन्द०, असिममान सिंह बस्न्यात (पठाओका तत्कालीन निर्देशक), निकोलस भुसाल, अनन्तराज घिमिरेलगायतका व्यक्तिहरूमाथि थप अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय