दमक गोल्ड कप

दमक गोल्ड कप : मनाङमस्र्याङ्दी अन्तिम चारमा (भिडियो)

 

दमक/
मनाङमस्र्याङ्दी क्बल झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्लबलाई ४-२ गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

दमक खेलकुद विकास समितिको आयोजनामा भएको शुक्रबारको खेलमा मनाङको जितका लागि अफिज ओलावलेले दुई गोल, रुपेश केसीले एक गोल गरे । एक गोल भने मनाङले आत्मघाती उपहार पायो । बागमतीका लागि विमल घिसिङ र जोमाउलले गोल गरे ।

खेलमा सुरुवाती अग्रता मनाङले लिएको थियो । खेलको १४ मिनेटमा मनाङका ओलावलेले गोल गरे । तर, मनाङको अग्रतालाई बागमतीले धेरै समय कायम रहने दिएन । खेलको २७ औँ मिनेटमा बागमतीका विमल घिसिङले गोल फर्काएर खेललाई बराबरीमा ल्याए । पहिलो हाफ एक/एकको बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको सुरुवाती समयमा भने बागमतीले निकै आक्रमक खेल खेल्यो ।

५३ औँ मिनेटमा जमाउलले गोल गर्दै बागमतीलाई अग्रता दिलाए । तर, उसले अग्रता भने कायम राख्न सकेन । खेलको ६७ औँ मिनेटमा मनाङले आत्मघाती गोलको उपहार पायो ।

बल क्लियर गर्ने क्रममा बागमतीका सिलोमार्टिनले आत्मघाती गोल गरे । खेलको ७० औँ मिनेटमा मनाङका कप्तान विमल रानाको पासमा ओलावलेले गोल गर्दै मनाङलाई अग्रता दिलाए । खेलको ८१ औँ मिनेटमा मनाङका लागि रुपेश केसीले गोल गरे । बागमतीका गोलरक्षक मनोज प्रधानबाट रिवाउन्स भएको बललाई उनले गोलमा परिणत गरेका थिए ।

शुक्रबारको खेलको म्यान अफ दि म्याच विजेता टिमका अफिज ओलावले घोषित भए । उनले नगद दश हजार रुपैयाँ पाए । शनिबारको दोस्रो क्वाटरफाइनल खेल गोर्खा ब्वाइज र पुलिस क्लब भारतबीच हुने आयोजक समितिका खेल संयोजक मोहन मगरले जानकारी दिए ।

भिडियो

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।