भारतमा नरेन्द्र मोदीको नयाँ इतिहास: नेहरूको रेकर्ड तोड्दै बने सबैभन्दा लामो समय सेवा गर्ने ‘निर्वाचित’ प्रधानमन्त्री

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा सबैभन्दा लामो समयसम्म लगातार निर्वाचित प्रधानमन्त्री बन्ने ऐतिहासिक रेकर्ड कायम गरेका छन्। २६ मे २०१४ मा पहिलोपटक प्रधानमन्त्रीको रूपमा शपथ लिएका मोदीले आज बुधबार (१० जुन) प्रधानमन्त्रीको रूपमा लगातार ४ हजार ३९९ दिनको कार्यकाल पूरा गरेका हुन्। यो प्रधानमन्त्रीको रूपमा मोदीको लगातार तेस्रो कार्यकाल हो।

भारतीय सञ्चार माध्यमहरूका अनुसार यसअघि यो रेकर्ड देशका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको नाममा थियो। भारतको संविधान लागू भएपछि सन् १९५२ मा भएको पहिलो आम निर्वाचनमार्फत निर्वाचित भएर नेहरूले १३ मे १९५२ देखि २७ मे १९६४ (मृत्युपर्यन्त) सम्म लगातार ४ हजार ३९८ दिन प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए।

यद्यपि, जवाहरलाल नेहरूको समग्र कार्यकाल (सन् १९४७ को अन्तरिम सरकार सहित) १६ वर्ष २८६ दिन अर्थात् कुल ६ हजार १३० दिन रहेको छ। तर, देशमा संविधान लागू भएर ‘निर्वाचित’ भएको अवधिलाई मात्र गणना गर्दा नरेन्द्र मोदीले नेहरूको लगातारको कार्यकालको रेकर्डलाई उछिनेका हुन्। गैर-कांग्रेस पृष्ठभूमिका नेतामा मोदी यसअघि नै सबैभन्दा लामो समय देशको नेतृत्व गर्ने प्रधानमन्त्री बनिसकेका छन्।

यस ऐतिहासिक अवसरमा प्रधानमन्त्री मोदीले इन्स्टाग्राममा एक पोस्ट साझा गर्दै लेखेका छन्, “सार्वजनिक सेवा सुशासनको सबैभन्दा ठूलो परीक्षा हो। नम्रता, समर्पण र भक्तिका साथ निरन्तर काम गर्ने व्यक्तिले मात्र जनताको विश्वास कमाउँछ।”

यसअघि, आफ्नो नेतृत्वमा सरकारको १२ वर्ष पूरा भएको अवसरमा पनि उनले राष्ट्र निर्माणप्रतिको संकल्प दोहोर्‍याएका थिए। उनले लेखेका थिए, “विगत १२ वर्षदेखि ‘सबका साथ, सबका विकास’ को भावनाबाट प्रेरित निरन्तर प्रयासहरूमार्फत हामी एक बलियो र आत्मनिर्भर भारततर्फ अघि बढिरहेका छौं।” मोदीको यो कार्यकाललाई भारतीय राजनीतिमा ‘मजबुत’ र ‘निर्णायक’ कालखण्डका रूपमा हेरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय