सहकारी क्षेत्र बिकासका लागि हस्तक्षेपकारी होइन सहयागि बन्नु पर्छ : सचिव भुजेल

काठमाडौं,२७ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनु भएको छ ।

बहुनियामक व्यवस्थाका कारण सहकारी क्षेत्रमा देखिएको अन्योलता र त्यसको समाधानका उपायबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव भुजेलले सहकारीलाई प्रवद्र्धन गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो । उहाँले सरकारले सहकारी क्षेत्रमा हस्तक्षेप गर्ने नभई सहयोगीको भूमिका निर्वाह गर्ने बताउनु भयो ।

उहाँले भन्न् भयो, ‘यो सहकारी अर्थतन्त्रको एउटा महत्वपूर्ण अंग हो । यसलाई प्रवद्र्धन गर्नुको कुनै विकल्प छैन । सरकारले सहकारीलाई प्रवद्र्धन गर्न एउटा सहयोगीको भूमीका निर्वाह गर्ने हो, सरकारले हस्तक्षेप गर्ने होइन । त्यसकारण सहकारीको ठूलो योगदान छ । यसले पूँजी संकलन गर्न, लगानी बढाउन, रोजगारी सिर्जना गर्न सहकारीले विशेष भूमिका खेलेको छ । समावेशीकरण गर्नको लागि, सशक्तीकरण गर्नको लागि समग्र अर्थतन्त्रलाई एउटा गतिशिल बनाउनका लागि भूमिका खेलेको छ ।’

उहाँले सहकारीले पूँजी संकलन, लगानी विस्तार तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भयो । साथै, समावेशीकरण र नागरिक सशक्तीकरणमार्फत समग्र अर्थतन्त्रलाई गतिशील बनाउन पनि सहकारी क्षेत्रले उल्लेखनीय भूमिका खेलेको उहाँले भनाई छ।

सचिव भुजेलले सहकारी क्षेत्रको दिगो विकास र प्रभावकारी सञ्चालनका लागि आवश्यक नीतिगत सुधार तथा समन्वयलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै यसको थप प्रवद्र्धनमा सबै पक्षको ध्यान जानुपर्ने बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय