दुई देशको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो परराष्ट्रमन्त्री खनाल

काठमाडौं २७ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताउनु भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा भ्रमणबारे जानकारी गराउँदै उहाँले उक्त भ्रमणले नेपालको सन्तुलित र बहुआयामिक परराष्ट्र नीतिलाई थप सशक्त रूपमा अभिव्यक्त गर्ने अवसर प्रदान गरेको बताउनु भयो ।

उहाँका अनुसार भ्रमणका क्रममा व्यापार तथा लगानी विस्तार, ऊर्जा सहकार्य सुदृढीकरण, पर्यटन प्रवद्र्धन, कनेक्टिभिटी विस्तार तथा जनस्तरको सम्बन्ध अझ मजबुत बनाउने विषयमा सार्थक छलफल भएको थियो । साथै आपूर्ति श्रृङ्खला सुरक्षा तथा ऊर्जा साझेदारीजस्ता समसामयिक अन्तर्राष्ट्रिय मुद्दामा पनि धारणा आदानप्रदान गरिएको उहाँले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो,‘नेपालको सन्तुलित र बहुआयामिक परराष्ट्र नीतिलाई थप शसक्त ढंगले अभिव्यक्ति गर्ने अवसर यस भ्रमणले प्रदान गरेको छ । व्यापार तथा लगानी विस्तार गर्ने ,उर्जा सहकार्य सुदृढ गर्ने,पर्यटन प्रवद्र्धन गर्ने तथा कनेक्टिभिटी र जनस्तरको सम्बन्ध अझ शसक्त बनाउने बिषयहरुमा ठोस आधार तयार पारेको छ । आपूर्ति श्रृङ्खला सुरक्षा तथा उर्जा साझेदारी जस्ता समसामयिक अन्तराष्ट्रिय मुद्दाहरुमा समेत धारणा आदानप्रदान गरिएको छ ।’

परराष्ट्रमन्त्री खनालले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट र छलफलले नेपाल र भारतबीचको कूटनीतिक तथा आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आगामी दिनमा दुवै देशका साझा हितका क्षेत्रमा परिणाममुखी सहकार्य अघि बढाउन भ्रमणले बलियो आधार तयार गरेको आफूले महसुस गरेको बताउनु भयो ।

उहाँले भन्न्ुा भयो,‘यस भ्रमणका क्रममा भएका छलफल र उच्चस्तरिय भेटघाटहरुले नेपाल र भारतबीचको कुटनीतिक र आर्थिक सहकार्यलाई नयाँ उचाईमा पुर्याउनका साथै आगामि दिनमा आपसि हितका क्षेत्रमा परिणाममुखी सहकार्य अगाडि बढाउन बलियो आधार तयार भएको मैले महशुस गरेको छु ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको

के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ?

काठमाडौं,२७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताउनु भएको

दुई देशको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो परराष्ट्रमन्त्री खनाल

काठमाडौं २७ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा

पेलेर जाने कि सम्हालेर लाने ? हर्क साम्पाङ

  काठमाडौं,२८ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवाद सम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताउनु भयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै

शैक्षिक परामर्श सेवामा धरौटी : राज्य किन “हलो अड्काएर गोरु कुट्ने” बाटोमा ?

विद्यार्थीको भविष्य सुरक्षित बनाउने नाममा राज्यले ल्याउन खोजेको अत्यधिक धरौटीको व्यवस्था वास्तवमै समाधान हो कि समस्याको अर्को रूप ? आज यो प्रश्न शैक्षिक परामर्श क्षेत्रमा

सहकारी क्षेत्र बिकासका लागि हस्तक्षेपकारी होइन सहयागि बन्नु पर्छ : सचिव भुजेल

काठमाडौं,२७ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनु भएको