जेष्ठ नागरिक भवन

सम्मान जनक रुपमा बाँच्न पाउने अधिकारलाई सुनिश्चीत गर्न झापा गाउँपालिकाद्वारा नवनिर्मित जेष्ठ नागरिक भवनको उद्घाटन

झापा/ जेष्ठ नागरिक संघ झापा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । गाउँपालिका प्रमुख जयनारायण साहले भवनको उद्घाटन गर्नुभएको हो । झापा गाउँपालिका वडा नं ६ को शरणामतिमा निर्माण गरिएको १ तले भवनको उद्घाटन गर्दै गाउँपालिका प्रमुख शाहले जेष्ठ नागरिकहरुले सम्मान जनक रुपमा बाँच्न पाउने अधिकारलाई सुनिश्चीत गर्नका लागि भवन निर्माण गरिएको बताउनु भयो ।

उहाँले जेष्ठ नागरिकको सम्मान गर्ने झापा गाउँपालिकाको नीति अनुसार जेष्ठ नागरिकका लागि भवन निर्माण गरिएको बताउनु भयो । सहारा साकोस शरणामती जेष्ठ नागरिक चौतारी नामक उक्त भवन सहारा नेपाल साकोसले रु १० लाख, झापा गाउँपालिकाबाट ११ लाख र स्थानीय स्रोत जन सहभागिताबाट ३ लाख गरेर कुल २४ लाखमा निर्माण गरिएको हो ।

भवन उद्घाटनकै अवसर पारेर भवन निर्माणमा सहयोग गर्ने जग्गादाताको समेत सम्मान गरिएको छ । स्थानीय लक्ष्मी उप्रेती, धनमाया बजगाई, रुद्र बहादुर खड्का, इन्द्र प्रसाद कोइराला र निर्मला कटुवाललाई सम्मान गरिएको हो । भवन उद्घाटन कार्यक्रमको अवसर पारेर श्रीमद भागवत ज्ञान महायग्य पुराणको समेत आयोजना गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा