शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा

काठमाडौं,४ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि शिक्षा तथा खेलकुद क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउनु भएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पोखरेलले उक्त बजेट कुल राष्ट्रिय बजेट २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको १०।२८ प्रतिशत रहेको जानकारी दिनु भयो ।

उनका अनुसार चालु आर्थिक वर्षको तुलनामा शिक्षा क्षेत्रको बजेट अनुपातगत रूपमा ०।४७ प्रतिशतले घटे पनि रकमका हिसाबले भने करिब सात अर्ब रुपैयाँले वृद्धि भएको छ । यसले शिक्षा क्षेत्र सरकारको प्राथमिकतामा रहेको स्पष्ट हुने उहाँको भनाइ थियो ।

‘आर्थिक वर्ष २०८३÷८४ को कुल राष्ट्रिय बजेट २१ खर्व २४ अर्व ३४ करोड ४४ लाख मध्ये शिक्षा तथा खेलकुद क्षेत्रमा २ खर्व १८ अर्व ३० करोड ५० लाख विनियोजन गरिएको छ । यो कुल राष्ट्रिय बजेटको १०।२८ प्रतिशत हो । यसको हिसाबले यो बजेट चालु आर्थिक वर्षको तुलनामा ०।४७ प्रतिशतले कम हो तर परिणामका हिसाबले चालु आर्थिक वर्षको भन्दा प्रस्तावित बजेट ७ अर्वले बढ्ेको छ । यो बजेटले शिक्षा क्षेत्र सरकारको प्राथमिकतामा रहेको देखिन्छ,’ उहाँले भन्नु हो ।

मन्त्री पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रको कुल बजेटमध्ये ६९।०७ प्रतिशत रकम स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको जानकारी दिनु भयो।

विद्यालय शिक्षाका अधिकांश कार्यक्रम स्थानीय तहबाट कार्यान्वयन हुने भएकाले बजेटको ठूलो हिस्सा स्थानीय तहमा पठाइएको उनले बताए। त्यस्तै, २।१२ प्रतिशत बजेट प्रदेश तहमा हस्तान्तरण गरिएको छ ।

उहाँले भन्नु भयो, ‘शिक्षा तथा खेलकुद क्षेत्रको बजेटको ठूलो अंश विद्यालय शिक्षामा खर्च हुने र विद्यालय शिक्षाका क्रियाकलापको कायान्वयनको लागि स्थानीय तहबाट हुने भएकोले यस क्षेत्रको कुल बजेट ६९।०७ प्रतिशत स्थानीय तहमा वित्तिय हस्तान्तरण गरिएको छ। त्यसैगरि प्रदेश तहमा २।१२ प्रतिशत वित्तिय हस्तान्तरण गरिएको छ।’

उहाँले शिक्षा तथा खेलकुद क्षेत्रको कुल बजेटमध्ये १ खर्ब ५० अर्ब ५८ करोड ८९ लाख रुपैयाँ अर्थात् ६८।९८ प्रतिशत रकम तलब तथा पेन्सनमा खर्च हुने बताउनु भएको छ।

उपक्षेत्रगत बजेट विनियोजनतर्फ विद्यालय शिक्षामा सबैभन्दा बढी ६९।४९ प्रतिशत बजेट छुट्याइएको छ। त्यसैगरी उच्च शिक्षाका लागि ११।०४ प्रतिशत, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका लागि २।५६ प्रतिशत तथा व्यवस्थापनतर्फ १५।१७ प्रतिशत बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनु भयो।

भौतिक पूर्वाधार विकासका लागि सरकारले विद्यालय भवन निर्माणलाई पनि प्राथमिकतामा राखेको मन्त्री पोखरेलले बताए । उहाँका अनुसार गोरखा भूकम्पबाट प्रभावित १४ जिल्ला तथा पश्चिम नेपालका बझाङ, जाजरकोट, रुकुम पश्चिम, मनाङ र मुस्ताङ गरी १९ जिल्ला बाहेकका स्थानीय तहका विद्यालयहरूमा विद्यार्थी सङ्ख्याका आधारमा २७ लाख ५० हजारदेखि ६५ लाख रुपैयाँसम्म बजेट व्यवस्था गरिएको छ।

‘गोर्खा भुकम्पबाट प्रभावित १४ जिल्ला र पश्चिम भूकम्पबाट प्रभावित बझाङ, जाजरकोट र रुकुम पश्चिम र मनाङ र मुस्ताङ गरि १९ जिल्ला बाहेकका सबै स्थानीय तहका विद्यालय विद्यार्थीसंख्याका आधारमा २७ लाख ५० हजारदेखि ६५ लाखसम्म हुनेगरि २ अर्व ३७ करोड २ लाख रकम निर्मित गुरु योजनाको आधारमा स्थानीय तहको साझेदारी विद्यालयको भौतिक निर्माण अनुरुप छुट्टाइएको छ,’ उहाँले भन्नुभयो ।

स्थानीय तहको साझेदारीमा विद्यालयको भौतिक संरचना निर्माण तथा सुधारका लागि गुरुयोजनाका आधारमा २ अर्ब ३७ करोड २ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री पोखरेलले बताउनु भयो। उहाँले विद्यालय पूर्वाधार सुदृढीकरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरकारले आवश्यक स्रोत व्यवस्थापन गरेको समेत उल्लेख गर्नु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एक निर्वाचनले ‘जबज’को भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

काठमाडौं,१४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) आजपनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित

वामपन्थी शक्ति विभाजित हुँदा देश संकट तर्फ गयो : खनाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरू विभाजित हुँदा देशमा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको बताउनु भएको छ। आइतबार काठमाडौंमा

’जबज’ को महत्त्वदेखि पार्टी एकताबारे प्रचण्डको यस्तो स्मरण

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त

’कुराले चिउरा भिज्दैन’, व्यवहारमै कम्युनिस्ट एकता र सहकार्य आवश्यक छः नेपाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा, सहकार्य र सिद्धान्तनिष्ठ एकताको आधारमा अघि बढाउनुपर्ने बताउनु भएको छ। मदन भण्डारी फाउण्डेसनले

प्रतिगमनविरुद्ध एकजुट हुन वामपन्थी शक्तिहरूलाई ओलीको आह्वान

काठमाडौं,१४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा धक्का खाए पनि समाप्त नभएको भन्दै फेरि उठेर प्रतिगमनलाई पराजित गर्ने बताउनु भएको छ।

श्रीमतीको उपचारका लागि ईनरदेवले मागे आर्थिक सहयोग

रौतहट,१४ असार । रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी निवासी ईनरदेव सहनी (अनिश) ले आफ्नी गम्भीर बिरामी पत्नीको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नु भएको छ्। उहाँकी