दुर्घटना

प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा मृत्यु

 

 

काठमाडौं– ड्यूटी सकेर राति घर फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेर ललितपुरमा १ जना प्रहरी कर्मचारीको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन्।

दुर्घटनामा परेर मृत्यु हुनेमा धादिङ घर भइ महानगरीय प्रहरी वृत्त सातदोबाटो (ललितपुर)मा कार्यरत प्रहरी जवान ३१ वर्षीय नविन न्यौपाने छन्। दुर्घटनामा प्रहरी वृत्त सातदोबाटोमा नै कार्यरत रहेका तनहुँका सुमन सिंह घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार घाइते सिंहको स्टार अस्पतालमा उपचार भइरहेको छ।

शनिबार राति डिउटी सकेर ललितपुर महानगरपालिका–२ बल्खुबाट सातदोबाटो जाने क्रममा न्यौपानेले चलाएको बा ८३ प ८९९५ नम्बर मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किएर दुर्घटना भएको थियो। न्यौपानेको राति २:३० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।