दलहरु संघीयताप्रति इमान्दार भएनन् : उपेन्द्र यादव

काठमाडौं,१७ असार । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले नेपाललाई संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा परिभाषित गरे पनि व्यवहारमा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनु लभएको छ ।

मंगलबार राजनीतिज्ञ एवं सरोकारवालाबीच विचार आदान—प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको तपशील बमोजिमको कार्यक्रममा बोल्दै यादवले अधिकांश प्रमुख राजनीतिक दलले संघीयताप्रति आवश्यक प्रतिबद्धता नदेखाएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘नेपाल परिभाषाले संघीय लोकतान्त्रिक गणतन्त्र हुनेछ भनेर प्रस्तावनामै लेखेको छ । तर, अभ्यास त्यस्तो छैन । किनभने नेपालमा एकाध पार्टी बाहेक संघीयताप्रति इमान्दारिता देखिएन ।’

उहाँले आफू उपप्रधानमन्त्री रहेका बेला तत्कालीन नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीसँग संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन गर्ने सहमतिमा हस्ताक्षर भएको उल्लेख गरे । तर, केही महिनापछि संघीयता र धर्मनिरपेक्षता बाह्य शक्तिले नेपालमा थोपरिएको भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि सहमति कार्यान्वयनमा नआएको बताउनु भयो ।

यादवले त्यसपछि शेरबहादुर देउवासँग पनि संघीयता कार्यान्वयनका लागि संविधान संशोधन तथा प्रदेश प्रहरी समायोजन लगायत विषय अघि बढाउने सहमति भएको बताउनु भयो । उहाँका अनुसार, प्रदेश प्रहरी समायोजन ऐन, २०७६ बने पनि त्यसको कार्यान्वयनमा सरकार पछि हटेकाले संघीयता कार्यान्वयनको प्रक्रिया पुरा नभएको बताउनु भयो ।

उहाँले कांग्रेस र कम्युनिस्ट दलहरूले संघीयताको पक्षमा सार्वजनिक रूपमा बोल्ने गरे पनि व्यवहारमा त्यसअनुसारको प्रतिबद्धता नदेखिएको बताउनु भयो । यादवले संघीयता सफल बनाउन राजनीतिक नेतृत्वले भाषणभन्दा कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौरादहमा २२ उत्कृष्ट विद्यार्थी, शिक्षक र पूर्व शिक्षकहरू एकैसाथ सम्मानित

तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास