सडक दुर्घटनाको मुख्य कारक बन्दै

दमकमा तीनपाङ्ग्रे सवारीको चाप अत्याधीक , क्षमता भन्दा चार गुणा बढी सञ्चालन

यदि अवैध सवारी नियन्त्रण, अन्तरपालिकाबाट अनियन्त्रित रूपमा हुने सञ्चालन रोक्ने, लाइसेन्सविहीन चालकलाई सडकबाट हटाउने र प्रभावकारी ट्राफिक व्यवस्थापन तत्काल लागू गर्न सकिएन भने दमकका सडकमा गुडिरहेका हजारौं तीनपाङ्ग्रे सवारी भोलिका दिनमा सार्वजनिक यातायातको माध्यमभन्दा बढी दुर्घटनाको पासो बन्ने जोखिम अझ बढ्नेछ।
तस्बिर : किजङ राई, उज्यालो खवर

दमक । असार १७ । कुनै समय सहज र सुलभ सार्वजनिक यातायातको विकल्प बनेका अटो र सिटी सफारी आज दमकका सडकमा सबैभन्दा ठूलो व्यवस्थापकीय चुनौतीका रूपमा उभिएका छन्।

 

नगरको आवश्यकता, सडकको क्षमता र कानुनी मापदण्डलाई बेवास्ता गर्दै अनियन्त्रित रूपमा सञ्चालन भइरहेका तीनपाङ्ग्रे सवारी अहिले ट्राफिक अव्यवस्था, दुर्घटना र सार्वजनिक सुरक्षामाथिको गम्भीर संकटका रूपमा देखिन थालेका छन्।

 

दमक नगरपालिकाको अध्ययन अनुसार दमक नगरका लागि अधिकतम २ हजार ५ सय वटा तीनपाङ्ग्रे सवारी पर्याप्त छन्। तर वास्तविकता भने त्यसको ठीक विपरीत छ। अहिले दमकमा ५ हजारभन्दा बढी अटो तथा सिटी सफारी सञ्चालनमा छन्, अर्थात् आवश्यकताभन्दा झण्डै दोब्बर सवारी एउटै नगरको सडकमा गुडिरहेका छन्।

 

यसले केवल ट्राफिक जाम बढाएको छैन, सडक दुर्घटनाको जोखिमलाई समेत भयावह बनाएको छ।

 

१० वर्षमै चार गुणाले बढ्यो दर्ता

 

दमक नगरपालिकाको यातायात व्यवस्थापन समितिका अनुसार २०७२ सालसम्म ८ सय वटा अटो तथा सिटी सफारी दर्ता भएका थिए। तर पछिल्लो एक दशकमा दर्ता संख्या बढेर २ हजार ५ सयभन्दा बढी पुगेको छ।

 

तर यही तथ्यांकले वास्तविक अवस्था देखाउँदैन। समितिका अनुसार दमकमा दर्ता भएका सवारीबाहेक अन्तरपालिकाबाट दैनिक एक हजारभन्दा बढी सिटी सफारी आएर सञ्चालन भइरहेका छन्। त्यसमाथि करिब तीन हजार सवारी दर्ता नै नगरी सञ्चालन भइरहेको अनुमान छ।

यसरी दर्ता भएका, अन्य पालिकाबाट आएका र अवैध रूपमा गुडिरहेका सवारी जोड्दा दमकका सडकमा ५ हजारभन्दा बढी तीनपाङ्ग्रे सवारी दैनिक सञ्चालनमा रहेको समितिको निष्कर्ष छ।

 

‘नगरलाई यति धेरै सवारी आवश्यक नै छैन’

 

यातायात व्यवस्थापन समितिका अध्यक्ष प्रजापति सापकोटाका अनुसार नगरको जनसंख्या, सडक सञ्जाल र यात्रुको आवश्यकताको आधारमा अध्ययन गर्दा अधिकतम २ हजार ५ सय वटा तीनपाङ्ग्रे सवारी पर्याप्त हुने निष्कर्ष निकालिएको थियो। सोही आधारमा अहिले नयाँ दर्ता पूर्ण रूपमा रोकिएको छ। उहाँका अनुसार साउन १ गतेदेखि दर्ता नगरी सञ्चालन भएका सवारीमाथि कडा कारबाही गरिनेछ। अन्य पालिकामा दर्ता भएर दमकमै स्थायी स्टेन्ड बनाएर व्यवसाय सञ्चालन गर्ने सवारीलाई समेत नियन्त्रणको दायरामा ल्याइने तयारी गरिएको छ।

 

७० प्रतिशत दुर्घटनाको केन्द्रमा तीनपाङ्ग्रे

 

दमक ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले अवस्था झनै गम्भीर देखाउँछ। कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक मनोज खड्गाका अनुसार दमक क्षेत्रमा हुने प्रत्येक १० सडक दुर्घटनामध्ये ७ वटा दुर्घटना तीनपाङ्ग्रे सवारीसँग सम्बन्धित हुने गरेका छन्। अर्थात् दमकका सडक दुर्घटनामध्ये ७० प्रतिशतमा अटो तथा सिटी सफारी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन्। यो तथ्यांकले दुर्घटनामा तीनपाङ्ग्रे सवारीको भूमिका कति गम्भीर छ भन्ने स्पष्ट पार्छ।

 

८० प्रतिशत चालक लाइसेन्सविहीन

 

दुर्घटनाको अर्को डरलाग्दो पक्ष चालकको योग्यता पनि देखाइएको छ । ट्राफिक प्रहरीका अनुसार नियमित सडक चेकजाँचका क्रममा नियन्त्रणमा आउने तीनपाङ्ग्रे सवारी चालकहरूमध्ये ८० प्रतिशतभन्दा बढी चालकसँग वैध सवारी चालक अनुमति पत्र (लाइसेन्स) हुँदैन। यही वर्ग दुर्घटनामा सबैभन्दा बढी संलग्न हुने गरेको ट्राफिक प्रहरीको निष्कर्ष छ।

अनुभव, तालिम र कानुनी योग्यताबिना यात्रु बोकेर सडकमा निस्कने प्रवृत्तिले दमकको सडक सुरक्षामाथि ठूलो प्रश्न उठाएको छ।

 

तीन हजारभन्दा बढी सवारी पूर्ण रूपमा राज्यको निगरानीबाहिर

 

दमक नगरपालिकाको यातायात व्यवस्थापन समितिका अनुसार तीन हजारभन्दा बढी सवारी दर्ता नै नगरी सञ्चालनमा छन्।

दर्ता नभएका यस्ता सवारीले सामान्यतया बीमा, नवीकरण र फिटनेस परीक्षणसमेत नगर्ने भएकाले तिनको प्राविधिक अवस्था कस्तो छ भन्ने विषय राज्यको निगरानीभन्दा बाहिर छ।

यसको अर्थ, दैनिक हजारौं यात्रु बोक्ने धेरै सवारीको सुरक्षा अवस्थाबारे कुनै आधिकारिक सुनिश्चितता नै छैन।

 

सडकमा बढ्दो त्रास

 

तीनपाङ्ग्रे सवारीको अत्यधिक चापले दमकका यात्रु, स्थानीय र अन्य सवारी चालक सबैलाई प्रभावित बनाएको छ।

यात्रुहरू भन्छन्, तीनपाङ्ग्रे सवारीको जथाभावी रोक्ने, मोड्ने र यात्रु खोज्दै सडकको बीचमै उभिने प्रवृत्तिले मोटरसाइकल तथा चारपाङ्ग्रे सवारी सञ्चालन जोखिमपूर्ण बन्दै गएको छ।

स्थानीय बासिन्दाको अनुभव पनि उस्तै छ। उनीहरूका अनुसार बजार क्षेत्रमा पैदल हिँड्न, सडक पार गर्न र बालबालिकालाई सुरक्षित रूपमा विद्यालय पठाउनसमेत कठिन बन्दै गएको छ।

 

यता सवारी व्यवसायी भने यसको जिम्मेवारी राज्यतर्फ फर्काउँछन्।

उनीहरूको भनाइ छ, “हामीले त सवारी बेच्ने हो। कति दर्ता गर्ने, कसरी व्यवस्थापन गर्ने भन्ने जिम्मेवारी राज्य र सम्बन्धित निकायको हो।’

 

अब कार्यान्वयनको कसरी ?

 

दमक नगरपालिकाले दर्ता रोकेको छ। अवैध सवारी नियन्त्रण गर्ने घोषणा गरेको छ। ट्राफिक प्रहरीले पनि लाइसेन्सविहीन चालकमाथि निगरानी बढाउने बताएको छ।

तर विगतका अनुभवले एउटा प्रश्न भने उठाइरहेको छ, के घोषणा व्यवहारमा पनि उत्रन्छ?

यदि अवैध सवारी नियन्त्रण, अन्तरपालिकाबाट अनियन्त्रित रूपमा हुने सञ्चालन रोक्ने, लाइसेन्सविहीन चालकलाई सडकबाट हटाउने र प्रभावकारी ट्राफिक व्यवस्थापन तत्काल लागू गर्न सकिएन भने दमकका सडकमा गुडिरहेका हजारौं तीनपाङ्ग्रे सवारी भोलिका दिनमा सार्वजनिक यातायातको माध्यमभन्दा बढी दुर्घटनाको पासो बन्ने जोखिम अझ बढ्नेछ।

यसको मूल्य केवल ट्राफिक जाम वा सवारी क्षतिमा सीमित रहने छैन। यसले निर्दोष नागरिकको ज्यान, परिवारको भविष्य र सार्वजनिक सुरक्षामाथि अपूरणीय क्षति पुर्याउने खतरा दिनप्रतिदिन गहिरिँदै गएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२५ करोड ऋणमा ५० लाख घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर विशेष अदालतबाट कसुरदार ठहर

१४ असोज, काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष

बाढीले क्षतविक्षत भएको एक महिनापछि बेत्रावतीसम्म जोडियो सडक, रसुवागढी नाका खुलाउने प्रयास तीव्र

काठमाडौँ , असोज १४। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्‍याई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ । नेपाली

खर्च कटौतीको नीतिविपरीत साढे ३ करोडको विलासी गाडी किन्ने प्रक्रिया मधेस सरकारद्वारा रद्द

जनकपुरधाम , असोज १४। मधेस प्रदेश सरकारले ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) का लागि साढे ३ करोड रुपैयाँ बराबरको विलासी चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न आह्वान गरेको

गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच टकराव, पोखरी खाली गराउने अभियान अन्योलमा

जनकपुर , असोज १४। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानमाथि प्रश्न उठाएका छन् । उनले सम्पूर्ण जनकपुरको जग्गा गुठी कै भएकोले सार्वजनिक सौचालय

पाँच देशका नवनियुक्त आवासीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं , असोज १४। नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।  राष्ट्रपति कार्यालयमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष

जबरा नियन्त्रण प्रकरण : कानुनी आधार सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं , असोज १४। नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस