६ दलद्धारा कार्यक्रम बहिस्कार

दमक २ को सार्वजनिक सुनुवाई : सवाल गर्ने कार्यक्रमनै दलहरुद्धारा बहिस्कार ,‘चुनावी माहोल बनाउने बाहना ’

 

दमक/
झापाको दमक नगरपालिकाले वडा नं २ ले सोमबार सार्वजनिक सुनुवाई सम्पन्न गर्यो । वडामा रहेका विभिन्न टोल विकासका प्रतिनिधी , राजनैतिक दलका प्रतिनिधी, समाजका अवुगा तथा अन्य वडाबासीको सहभागीतामा वडाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।
सार्वजनिक सुनुवाई हुनु ३ दिन अघी वडा कार्यालयले यहाँ रहेका सबै टोल विकास , पार्टिको वडा कमिटी र यहाँ रहेका अन्य विभिन्न सामाजीक सघं सस्थाहरुलाई लीखित रुपमै पत्रचार गरेको थियो । वडाका सचिव बालकृष्ण कोईरालाले बताए अनुसार यहाँ रहेका सबै राजनैतिक दलको वडा कमिटी सहित सबै पक्ष र नगरपालिकाकामा पनि लिखीत पत्रचार नै गरिएको थियो । सोहि पत्रका आधारमा सयौको संख्यामा सार्वजनिक सुनुवाई कार्यक्रममा पनि वडाबासीको उपस्थित भएको थियो ।

तर सार्वजनिक सुनुवाई हुनुपूर्व नै केहि दलहरुले आफुहरुसँग सल्लाह नै नगरि सार्वजनिक सुनुवाई गरिएको भन्दै विरोध जनाए । आफुहरुलाई पत्र पठाएर जानकारी नै नदिएको भन्दै कार्यक्रमको बहिस्कार गरे ।

नव निर्मित वडा कार्यालयको प्राङ्गाणमा सार्वजनिक सुनुवाई सम्पन्न गर्ने भन्ने पूर्व सुचना गरिएको थियो । तर त्यहाँ प्राविधिक समस्या भएपछि नजिकै रहेको शिवालय मन्दिरमा कार्यक्रम गरियो । कार्यक्रम स्थलमा वडाबासीको भीड बढिरहेको थियो । कार्यक्रम सञ्चालन गर्ने अन्तिम तयारी भएको बेला कार्यक्रम सञ्चालकको हातबाट माइक खोसेर दलका नेताहरुले सार्वजनिक सुनुवाई बहिस्कार गरेका थीए । उनीहरुले प्रश्न गर्ने र जवाफ खोज्ने नै कार्यक्रम वडाले तय गरेको भएनि आफ्नो राजनैतिक स्ट््ण्ड देखाउन केहि व्यक्तिहरुले यस्तो व्यवहार गरेको वडाध्यक्ष प्रजापति सापकोटाले कार्यक्रममा बताउनु भयो ।

‘वडाबाट भएको कमिकमजारीकै बारेमा जनताबाटै प्रश्न आवोस र त्यसमा आफ्नो जवाफ र आफुले स्विकार गर्नुपर्ने कुरा भए त्यसलाई मान्न पनि तयार भएर बृहत सार्वजनिक सुनुवाई गरिएको तर कार्यक्रम नै बहिस्कार गर्नु राजनैतिक स्टण्ड मात्रै देखाउनु हो ।’ वडाध्यक्ष सापकोटाले बताउनु भयो ।

दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पूर्व दमक नगर समिती सभापति रोषन विष्टले बहिस्कार पत्र वाचन गर्नु भएको थियो । गठबन्धनमा आवद्ध नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, संघीय लिम्बुवान मञ्च लगायतका प्रतिनिधिहरुको हस्ताक्षर सहितको लिखित असहमति पत्र वडाध्यक्ष सापकोटालाई बुझाइएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले बाटो नबनेको, कल्वर्ट नबनेको, होम पाईपको आवश्यकता, लगायत बारेमा जिज्ञासा राखेका थीए ।

कार्यक्रममा उठेका सवालहरुको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उप प्रमुख गीता अधिकारी, प्रमुख प्रशाषकिय अधिकृत गणेश प्रसाद तिम्सिना र वडाध्यक्ष प्रजापति सापकोटाले जवाफ दिनु भएको थियो ।
सार्वजनिक सुनुवाईमा दमकमा रहेको मदानी मिडया प्रालिले तयार पारेको २७ मिनेटको बृत्तचित्र प्रस्तुत गरिएको थियो भने कार्यक्रमको सहजी करण पूर्व नेपाल मिडिया हाउसले गरेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।