कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

काठमान्डौं ,१७ असार ।   कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष ९ डब्लूडब्लूएफ० नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफ नेपालबीच सन् २०२६ जुलाईदेखि सन् २०३६ जुनसम्म लागू हुने १० वर्षे सहकार्यसम्बन्धी कार्यक्षेत्र ९स्कोप अफ कोअपरेसन० मा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार सन् २०२६ जुलाईदेखि सन् २०३६ जुनसम्म दुवै पक्षबीच जैविक विविधता संरक्षण, वन व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, प्राकृतिक स्रोतको दिगो उपयोग तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य गरिनेछ।

मन्त्रालयका प्रतिनिधि तथा डब्लूडब्लूएफ नेपालका अधिकारीहरूको उपस्थितिमा सम्पन्न हस्ताक्षर कार्यक्रमले आगामी १० वर्षसम्म नेपालमा संरक्षण तथा वातावरणीय कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौरादहमा २२ उत्कृष्ट विद्यार्थी, शिक्षक र पूर्व शिक्षकहरू एकैसाथ सम्मानित

तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास