दमकका महिला उद्यममा पहिला

आफै झोला बनाएर बेचेर आन्मनिर्भर बन्दै दमकका महिलाहरु

दमक/
दमक २ की गोमा घिमिरे । उहाँ विभिन्न कपडा काटेर सिलाई गर्न जान्ने हुनुन्छ । तर उहाँलाई अझै हाते झोला बनाउन मन लाग्यो । त्यहि भएर दमक वडा नं २ को कार्यालयले आयोजना गरेको तालिममा झोला सिलाउने तालिममा सहभागी हुनु भएको छ । उहाँले तालिम लिएको एक महिना पुरा भइसक्यो । अझै १० दिन सम्म उहाँले यो तालिम लिनु हुने छ ।

अहिलेनै उहाँ हाते झोला जत्रो र जस्तो पनि सिलाउन जान्ने हुनु भएको छ । बजारमा यस प्रकारको झोला निकै राम्रो मुल्यमा बिक्रि भएको उहाँले देख्नु भएको छ । त्यसैले अव उहाँले पनि आफ्नै उत्पादनको हाते झोला दमकको बजारमा चाँडै ल्याउदै हुनुहुन्छ । झोला सिलाएर बिक्रि गरेर उहाँले आफ्नो घरको दैनिक खर्च टार्ने र श्रीमानले कमाउनु भएको कमाई बचत गर्ने योजनामा हुनुहुन्छ ।

यही ठाउँकी माया कोइराला पनि झोला सिउने सिप सिकिरहनु भएको छ । उहाँको घरमा झोला सिउने मेसिन पनि छ । त्यसैले उहाँ तालिम लिने ठाउमा सिकेका सिपलाई घरमा भएर पनि अभ्यास गर्नु हुन्छ । १० प्रकारका हाते झोला बनाउन उहाँले सिकिसक्नु भएको छ । यतीमात्रै उत्पादन गरेर बजारमा लैजादा पनि कमाई हुन सक्ने उहाँको विस्वास छ । तर बजार प्रतिस्पर्धी भएकोले अहिले सिकेकोले मात्र आफुहरुलाई पर्याप्त नहुने र अझ यस सम्बन्धीको बृहत तालीम भए बजारमा प्रतिस्पर्धा गर्न सहज हुने कोईरालाको भनाई छ ।

कपडा हालेर बोक्न मिल्ने जेब्रा झोला,महिलाहरुले हातमा बोक्ने विभिन्न आकार र प्रकारका हाते पर्स, तरकारी बोक्ने कपडाको झोला लगायतका झोलाहरु बनाउन यहाँका २० जना महिलाहरुले सिक्नु भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउन र स्वरोजगार बनाउन सिटिइभिटी लेभलका विभिन्न सिपमुलक तालिमहरु महिलाहरुलाई प्रदान गर्दै आएको तालिम प्रादायक सस्था भूमिका सिपमुलक तालिम केन्द्रकी सञ्चालीका भूमिका दाहाल पोखरेलेले बतउनु भयो ।

वडाले महिला लक्षीत कार्यक्रम मात्रै दर्जनौ गरेको छ । हरेक वर्ष सिप सिकार महिलाहरुलाई सिपयूक्त बनाउँदै महिलाहरुलाई रोजगार र स्वरोजगारमा वडा कार्यालयले उन्मुख गराइरहेको छ । सामान्य खर्च माग्न पनि श्रीमान वा परिवारका अभिभावकसँग मागीरहन नपरोस भनेर वडाले यस प्रकारको तालिमहरु सञ्चालन गरेको वडाध्यक्ष प्रजापति सापकोटाले बतउनु भयो ।

यो तालिम वडाको वार्षिक कार्यक्रम अन्तगर्त भएको हो । २ लाख रुपैँया हुँदै गरेको तालिम सुरुमा एक महिना मात्रै गर्ने भनिएको थियो ।तर सिक्ने कुरा नसकिएपछि तालिम थप १० दिन थपेर ४० दिन पुर्याइएको छ ।

झापाको दमकका महिलाहरुलाई विभिन्न प्रकारका तालीमहरु दिइरहिएको छ । आवश्यकता र मागका आधारमा नगरपालिकाले वडा स्तरमै कार्यक्रम सञ्चालन गरिरहेको छ । लक्षीत वर्गसम्म कार्यक्रमको पहुँच पुगोस भनेर कार्यक्रमलाई वडा स्तरमा बिस्तार गरिएको हो । दमकमा ‘दमकका महिला उद्यममा पहिला’भन्ने कार्यक्रम जनप्रतिनिधी आएदेखीनै सञ्चालन हुँदै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल