प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना

काठमाडौं,२१ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय नराखेको स्पष्ट पार्नु भएको छ।

आइतबार नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सरकार लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनु भयो।

उहाँले सरकारका पहिलो १०० दिन नागरिकलाई परिणाममुखी काम देखाउन केन्द्रित रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता हनन गर्न खोजिएको भन्ने आशंकाप्रति सरकार गम्भीर रहेको बताउनु भयो।

मन्त्री तिमिल्सिनाले लोकतन्त्रको मूल आधार नै प्रेस स्वतन्त्रता भएकाले त्यसलाई कसैले पनि हनन गर्न नसक्ने बताउनु भयो । संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको अधिकार कार्यान्वयनमा कुनै अवरोध भए त्यसको समाधानका लागि कानुनी र संस्थागत व्यवस्था रहेको उहाँले उल्लेख गर्नु भयो।

‘हामी १०० दिन नागरिकलाई रिजल्ट देखाउन अत्यन्तै व्यस्त थियौं । यसविचमा सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्न खोज्यो भन्ने मनसाय धेरैको रहेको पाए । तर यस विषयमा चिन्तित नहुन सम्पूर्ण पत्रकार मित्रहरुमा अनुरोध गर्न चाहन्छु । लोकतन्त्रको आधारस्तम्भ भनेको प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी छ । कसैले पनि प्रेस स्वतन्त्र हनन गर्न सक्दैन । संवैधानिक हकलाई कार्यान्वय गर्न सरकारले बाधा पुर्यायो भने देशभित्र विभिन्न विधिहरु छन् । तर मन्त्रालयको तर्फबाट म प्रतिबद्धता व्यक्त गर्न चाहान्छु र प्रेस स्वतन्त्र हनन भएको विषय केही छन् भने छलफल गर्न सक्छौं । यस विषयमा चिन्तित नहुन सम्पूर्ण पत्रकार मित्रहरूलाई अनुरोध गर्न चाहन्छु,’ उहाँले भन्नु भयो ।

 

उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तर्फबाट प्रेस स्वतन्त्रताको संरक्षणमा सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै प्रेस स्वतन्त्रता हननसँग सम्बन्धित कुनै गुनासो वा समस्या भए संवाद र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको बताउनु भयो ।

पत्रकारितालाई लोकतन्त्रको चौथो अंगका रूपमा उल्लेख गर्दै उहाँले यसलाई अझ बलियो, संस्थागत, विश्वसनीय र व्यावसायिक बनाउन सञ्चार मन्त्रालय तथा सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

साथै पत्रकारिता जगतले पनि आफ्नो गरिमा, विश्वसनीयता र सामाजिक दायित्व कायम राख्न जिम्मेवार अभ्यासलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता रहेको बताउनु भयो ।

अब बन्ने संघीय सञ्चार कानुन कस्तो हुनुपर्छ, पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन कसरी गर्ने तथा पत्रकार स्वयंको व्यावसायिक उत्तरदायित्व कसरी सुदृढ बनाउने भन्ने विषय सम्मेलनको प्रमुख छलफलका एजेन्डा रहेको जानकारी दिनु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारको सय दिन उपलब्धिविहीन, संघीयता र प्रेस स्वतन्त्रतामाथि प्रहार भयो : सांसद राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले १०० दिनमा ठूलो उपलब्धि हासिल गर्ने दाबी गरेपनि परिणाममुखी काम गर्न नसकेको बताएका छन् । आइतबार

बालेन्द्र शाह सरकारको सय दिन र मधेसको मौन प्रश्न

राजनीतिमा सय दिनको अवधि कुनै सरकार वा राजनीतिक शक्तिको अन्तिम मूल्याङ्कन गर्ने समय होइन, तर त्यसले सरकारको दिशा, नेतृत्वको दृष्टि, निर्णय प्रक्रियाको चरित्र र जनअपेक्षाप्रतिको

राष्ट्र बैंकको स्वायत्तता कमजोर हुनेगरी हस्तक्षेप नगर्न सुझाव

काठमाडौं,२१ असार । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी र दीपेन्द्रबहादुर क्षेत्रीले आगामी मौद्रिक नीति तयार गर्दा राष्ट्र बैंकको स्वायत्तता कायम राख्दै आर्थिक गतिविधि चलायमान

काँकरभिट्टाको डरलाग्दो रहस्य : बेचिन लागेकी १५ वर्षीया नेपाली बालिका अन्तिम क्षणमा उद्धार

काठमाडौं,२१ असार । नेपाल–भारत सीमामा मानव तस्करीको प्रयास फेरि एकपटक असफल भएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सतर्कताले १५ वर्षीया नेपाली किशोरीलाई अन्तिम

विश्वकप लिग–२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं ,२१ असार। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार बिदाइ गरिएको छ । नेदरल्यान्ड्स र नामिबियाविरुद्धको

गृहमन्त्री गुरुङ झापा आउँदै छन् ? सरकारी निकायमै अन्योल,

दमक।२१, असार | गृहमन्त्री सुदन गुरुङ झापा आउने चर्चा चले पनि सम्बन्धित सरकारी निकायहरूसँग भने त्यसबारे आधिकारिक जानकारी पुगेको छैन।   पूर्वी नेपाल भ्रमणमा रहेका गृहमन्त्री