कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद

नुवाकोट,२१ असार । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले नुवाकोटस्थित बाल सुधार गृहको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

अनुगमनका क्रममा मन्त्री बादीले बाल सुधार गृहमा रहेका बालबालिकाको आवास, शिक्षा, स्वास्थ्य सेवा, सुरक्षा व्यवस्था, मनोसामाजिक परामर्श, सीप विकास तथा समग्र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुका साथै बालबालिका, कर्मचारी तथा सम्बन्धित पदाधिकारीसँग अन्तरक्रिया गर्नु भएको छ ।

सो क्रममा मन्त्रीले कानुनी विवादमा परेका बालबालिकासँग छुट्टै बसेर प्रत्यक्ष संवादसमेत गर्नु भएको थियो । गृहका पदाधिकारी र अन्य टोलीका सदस्यहरूलाई समेत बाहिरै राखेर उहाँले कानुनी विवादमा परेका बालबालिकाको धारणा सुन्नु भएको थियो ।

उक्त संवादका क्रममा बालबालिकाले आफूहरूलाई प्रदेशगत आधारमा व्यवस्थापन गर्नुपर्ने, विज्ञान तथा प्रविधिको युगअनुसार सूचना प्रविधि, कम्प्युटर तथा विभिन्न सीपमूलक तालिमसँग जोड्नुपर्ने आवश्यकता रहेको धारणा राखेका थिए ।

त्यसैगरी, उनीहरूले बाल सुधार गृहभित्र नियमित मनोसामाजिक परामर्श सेवा प्रभावकारी बनाउन, पारिवारिक भेटघाटको व्यवस्था सहज र व्यवस्थित बनाउन तथा पुनस्र्थापनामुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए। बालबालिकाले विद्यमान कानुनी व्यवस्थामा समयानुकूल सुधार तथा संशोधन आवश्यक रहेको विषयसमेत मन्त्रीसमक्ष राखेका थिए।

निरीक्षणका क्रममा मन्त्री बादीले बाल सुधार गृहको सञ्चालनमा देखिएका आवश्यकता तथा चुनौतीहरूको समीक्षा गर्दै सुधारगृहसम्म पुग्ने बाटोको स्तरोन्नति, सीप विकास तालिम सञ्चालन, औषधि उपचारका लागि आवश्यक बजेट व्यवस्था, सवारी साधन मर्मत, कर्मचारी व्यवस्थापन, कम्प्युटर ल्याब स्थापना, बैंक खाता सञ्चालन तथा आवश्यक पूर्वाधार सुदृढीकरणलगायत विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारको सय दिन उपलब्धिविहीन, संघीयता र प्रेस स्वतन्त्रतामाथि प्रहार भयो : सांसद राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले १०० दिनमा ठूलो उपलब्धि हासिल गर्ने दाबी गरेपनि परिणाममुखी काम गर्न नसकेको बताएका छन् । आइतबार

बालेन्द्र शाह सरकारको सय दिन र मधेसको मौन प्रश्न

राजनीतिमा सय दिनको अवधि कुनै सरकार वा राजनीतिक शक्तिको अन्तिम मूल्याङ्कन गर्ने समय होइन, तर त्यसले सरकारको दिशा, नेतृत्वको दृष्टि, निर्णय प्रक्रियाको चरित्र र जनअपेक्षाप्रतिको

राष्ट्र बैंकको स्वायत्तता कमजोर हुनेगरी हस्तक्षेप नगर्न सुझाव

काठमाडौं,२१ असार । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी र दीपेन्द्रबहादुर क्षेत्रीले आगामी मौद्रिक नीति तयार गर्दा राष्ट्र बैंकको स्वायत्तता कायम राख्दै आर्थिक गतिविधि चलायमान

काँकरभिट्टाको डरलाग्दो रहस्य : बेचिन लागेकी १५ वर्षीया नेपाली बालिका अन्तिम क्षणमा उद्धार

काठमाडौं,२१ असार । नेपाल–भारत सीमामा मानव तस्करीको प्रयास फेरि एकपटक असफल भएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सतर्कताले १५ वर्षीया नेपाली किशोरीलाई अन्तिम

विश्वकप लिग–२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं ,२१ असार। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार बिदाइ गरिएको छ । नेदरल्यान्ड्स र नामिबियाविरुद्धको

गृहमन्त्री गुरुङ झापा आउँदै छन् ? सरकारी निकायमै अन्योल,

दमक।२१, असार | गृहमन्त्री सुदन गुरुङ झापा आउने चर्चा चले पनि सम्बन्धित सरकारी निकायहरूसँग भने त्यसबारे आधिकारिक जानकारी पुगेको छैन।   पूर्वी नेपाल भ्रमणमा रहेका गृहमन्त्री