काठमाडौं,२२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले देशका विभिन्न स्थानका बोइलर कुखुरा पाल्ने किसान बर्डफ्लुको हल्लाका कारण गम्भीर समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गर।उनु भयो ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले बर्डफ्लुको त्रासका कारण कुखुराको मासु तथा अण्डाको माग घट्ने, बजार मूल्यमा गिरावट आउने तथा किसानको ठूलो लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘हाल देशका विभिन्न स्थानमा बोइलर कुखुरा पालन किसानहरुले बजारमा बर्ड फ्लुको हल्लाको त्रासका कारण गम्भिर समस्या भोगिरहेको जानकारी गराउनु भएको छ । यसबाट कुखुराको मासु तथा अण्डाको माग घट्ने बजार मूल्यमा गिरावट आउने र किसानको ठूलो लगानीमा जोमिख पर्ने अवस्था सिर्जना भएको छ ।’
उहाँले बर्डफ्लु पुष्टि हुने प्रक्रिया चलिरहेकै अवस्थामा नेपाल टेलिकमको रिङटोनमार्फत किसानलाई थप मार पर्ने खालको सूचना प्रसारण गरिएको भन्दै त्यसप्रति पनि आपत्ति जनाउनु भयो ।
सांसद तामाङले वास्तविक प्रयोगशाला परीक्षणका आधारमा संक्रमण पुष्टि भएको हो वा केवल आशंकाका आधारमा त्यस्ता सूचना जारी गरिएको हो भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
‘पुष्टि हुने प्रक्रियामा रहँदैगर्दा नेपाल टेलिकमको रिङटोनमा नेपाली कृषकलाई मार पर्ने सूचना समेत सम्प्रेषण गरियो । यस सन्दर्भमा वास्तविक प्रयोगशाला परिक्षण, प्रमाणका आधारमा पुष्टि भएका हुन् कि केवल आशांकाका आधारमा जारी भएका हुन् यो विषयमा स्पष्टा दिन अन्त्य आवश्यक देखिन्छ,’ उहाँले भन्नु भयो ।
उहाँले बर्डफ्लु संक्रमण पुष्टि भएको भए त्यसको नियन्त्रण, रोकथाम तथा किसानको संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्न, सत्यतथ्यमा आधारित सूचना प्रवाह गर्न र किसानको मेहनत, लगानी तथा जीविकोपार्जन अनावश्यक रूपमा जोखिममा पर्न नदिन नेपाल सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।
‘वास्तवमै बर्ड फ्लु संक्रमण पुष्टि भएको हो भने यसको नियन्त्रण, रोकथाम किसानको संरक्षणको लागि तत्काल प्रभावकारी कदम र सत्य तथ्य परक सूचना प्रवाह गरि नियन्त्रण गरियोस् ताकि किसानको मिहेनत लगानी र जीविको पार्जन अनावश्यकरुपमा जोखिममा नपरोस् भन्दै नेपाल सरकार र सम्बन्धित निकायमो गम्भिर ध्यानआर्षण गराउन चाहान्छु,’ उहाँले भन्नु भयो ।









