सरकारको १०० दिनः ‘लाइनबाट अनलाइन’ अभियान सफल, अस्पतालमा भने सुधार अझै अपूरो

काठमान्डौं, २२ असार ।सरकारको १०० दिनमा राहदानी, मालपोत, जिल्ला प्रशासन र यातायातलगायत सरकारी सेवामा ‘लाइनबाट अनलाइन’ अभियानले उल्लेखनीय सुधार देखिएको छ।

अनलाइन प्रणाली विस्तारसँगै नागरिकले सेवा लिन सहज अनुभव गर्न थालेका छन्।
तर, नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका सरकारी अस्पतालमा भने अपेक्षित सुधार हुन सकेको छैन। अस्पतालहरूमा अझै लामो लाइन, अव्यवस्थित सेवा र ढिलो प्रक्रियाले सेवाग्राहीलाई सास्ती दिइरहेको छ।

सरकार गठनपछि प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक सेवालाई डिजिटल र सहज बनाउने अभियान सुरु गरेका थिए। १०० दिनको स्थलगत अवलोकनअनुसार अधिकांश सरकारी कार्यालयमा सुधार देखिए पनि स्वास्थ्य क्षेत्र भने अझै सुधारको पर्खाइमै रहेको निष्कर्ष निकालिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौरादहमा २२ उत्कृष्ट विद्यार्थी, शिक्षक र पूर्व शिक्षकहरू एकैसाथ सम्मानित

तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास