कर्णाली बस दुर्घटनाबारे सरकारको चर्को आलोचना

काठमाडौं,२२ असार । कर्णाली प्रदेशमा भएको बस दुर्घटनाको विषय प्रतिनिधिसभा बैठकमा प्रमुख रूपमा उठेको छ ।

सोमबार बसेको बैठकमा विभिन्न दलका सांसदहरूले उद्धार कार्यमा भएको ढिलाइ, सडकको दुरावस्था र सरकारको बेवास्ताप्रति गम्भीर असन्तुष्टि जनाउँदै तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन् ।

असार १८ गते कर्णाली नदीमा बस खस्दा ठूलो मानवीय क्षति भएको थियो । दुर्घटनापछि केही यात्रु बेपत्ता भएका छन् भने उद्धार तथा खोजी कार्य अझै जारी छ । दुर्घटनाले कर्णालीको सडक सुरक्षामाथि पुनः गम्भीर प्रश्न उठाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले दुर्घटनाभन्दा पनि सरकारको गैरजिम्मेवारी र असफलता देखिएको टिप्पणी गर्नुभयोे । दुर्घटनापछि यात्रुहरू नदीको बीचमा जीवन बचाइदिन हारगुहार गरिरहँदा पनि समयमै उद्धार हुन नसकेको उहाँको भनाइ थियो।

उद्धारका लागि हेलिकप्टर परिचालन गर्न नसक्नु सरकारको गम्भीर कमजोरी भएको उल्लेख गर्दै उहाँले कर्णालीका नागरिकमाथि विभेद भएको आरोप लगाउनु भयो।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली दुर्घटनाले सिंगो देशलाई रुवाएको बताउँदै यति समय बितिसक्दा पनि घटनाको यथार्थ विवरण सार्वजनिक हुन नसक्नु दुःखद भएको बताउनु भयो ्।

उहाँले कर्णालीका सडकहरू अहिले सडकभन्दा पनि ‘मृत्यु मार्ग’ जस्ता बनेको टिप्पणी गर्दै यसलाई सामान्य दुर्घटना नभई राज्यको चरम बेवास्ताको परिणाम भएको बताउनु भयो ्।

थापाले कर्णाली राजमार्गको स्तरोन्नति, सडक सुरक्षाको सुनिश्चितता तथा यस्ता दुर्घटना दोहोरिन नदिन तत्काल ठोस योजना कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइन्।

नेकपा (एमाले) की सांसद एशुदा कुमारी बरालले दुर्घटनाको ७२ घण्टा बितिसक्दा पनि बेपत्ताहरूको अवस्था अझै अज्ञात रहेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नु भयो ्।

उहाँले कर्णालीका नागरिक पटक–पटक राज्यको बेवास्ताको सिकार बन्नुपरेको आरोप लगाउँदै कर्णाली राजमार्गलाई ‘मृत्युमार्ग’ बाट सुरक्षित सडकमा रूपान्तरण गर्न सरकारसँग माग गरिन्। प्रधानमन्त्रीले कर्णालीका समस्या समाधानभन्दा प्रचारमुखी गतिविधिमा बढी ध्यान दिएको आरोपसमेत उहाँले लगाउनु भयो ्।

त्यसैगरी रास्वपाका सांसद रमेश कुमार सापकोटाले पनि कर्णाली दुर्घटनाको विषय उठाउँदै उद्धार कार्यलाई प्रभावकारी बनाउन, बेपत्ता यात्रुको खोजीलाई तीव्र बनाउन तथा सडक सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनु भयो।

उहाँले राजमार्ग मापदण्ड अनुसार छैन भने तत्कालीन सरकारको पालामा राजमार्ग बनाउने इन्जिनियर, ठेकेदारहरूलाई पनि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राख््नुे ।

सांसदहरूले कर्णालीमा सडक पूर्वाधारको सुधार, उद्धार संयन्त्रको क्षमता अभिवृद्धि, आपत्कालीन सेवाको प्रभावकारी व्यवस्थापन तथा दुर्गम क्षेत्रमा हेलिकप्टरसहित आवश्यक उद्धार साधनको उपलब्धता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभामा उठेका आवाजले कर्णाली दुर्घटनालाई केवल एउटा सडक दुर्घटनाका रूपमा नभई राज्यको सेवा प्रवाह, पूर्वाधार विकास र विपद् व्यवस्थापन क्षमतासँग जोडिएको गम्भीर विषयका रूपमा प्रस्तुत गरेका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री पोखरेल

काठमाडौं,२२ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । सोमबार बसेको राष्ट्रियसभाको बैठकमा

काँकडभिट्टा नाकामा गृहमन्त्रीको छड्के निरीक्षण, प्रहरीमाथि अवैध असुलीको गुनासोपछि केरकार

काँकडभिट्टा , २२ असार ।  झापाको काँकडभिट्टा सीमा क्षेत्र र मेची भन्सार कार्यालयको अनुगमनका क्रममा गृहमन्त्री सुधन गुरुङले प्रहरीमाथि तस्करीमा संलग्नता र अवैध रकम असुलीको

एआईको तीव्र विकासबीच पत्रकारिताको भविष्यबारे बहसः सहयोगी कि चुनौती?

एआई (कृत्रिम बुद्धिमत्ता) को तीव्र विकासले विश्वभर पत्रकारिताको भविष्यबारे बहस चर्किँदै गएको छ। कतिपयले यसलाई रोजगारी खोस्ने खतरा भन्दै डर व्यक्त गरिरहे पनि चीनको कुइचोउ

झापामा कालो सिसा प्रयोग गर्ने सवारीसाधनविरुद्ध ट्राफिक प्रहरीको कडा अभियान

झापा,२२ असार।  झापामा ट्राफिक प्रहरीले कालो सिसा प्रयोग गर्ने सवारीसाधनविरुद्ध कडा अभियान सुरु गरेको छ। आपराधिक गतिविधि नियन्त्रण र सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै यो अभियान

बिर्तामोड अनारमनी ग्रिडमा प्राविधिक खराबी, अवरोधप्रति सांसदको ध्यानाकर्षण

बिर्तामोड,२२ असार। संसद बैठकमा बोल्दै सांसद प्रकाश पाठकले झापाको विर्तामोडस्थित अनारमनी ग्रिडमा आएको प्राविधिक खराबीका कारण जिल्लाका विभिन्न स्थानीय तहमा विद्युत सेवा ठप्प भएको बताएका

पूर्वी नेपालमा गृहमन्त्रीको अनुगमन‘ झापा बाहुनडाँगीदेखि सुरक्षा समीक्षासम्म के–के भयो ?

काठमाडौं ,२२ असार। गृहमन्त्री सुधन गुरुङको पूर्व भ्रमणका क्रममा विभिन्न स्थानमा अनुगमन तथा समीक्षा गरिएको छ। भ्रमणका क्रममा उहाँले सुरक्षा अवस्था, मानव–वन्यजन्तु द्वन्द्व तथा स्थानीय