झापा,२२ असार। झापामा ट्राफिक प्रहरीले कालो सिसा प्रयोग गर्ने सवारीसाधनविरुद्ध कडा अभियान सुरु गरेको छ।
आपराधिक गतिविधि नियन्त्रण र सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै यो अभियान सञ्चालन गरिएको हो।
तीन दिनको अवधिमा ४२ वटा चार पाङ्ग्रे सवारीसाधनबाट कालो सिसा हटाइएको ट्राफिक प्रहरीले जनाएको छ। अभियानअन्तर्गत चालकहरूलाई कालो सिसा प्रयोग नगर्न र अनिवार्य रूपमा सेतो सिसा प्रयोग गर्न आग्रह गरिएको छ।
कालो सिसा प्रयोगले अपराध गतिविधि सहज हुने र सुरक्षा चुनौती बढ्ने भन्दै ट्राफिक प्रहरीले कडाइ गरिएको जनाएको छ। सवारी तथा यातायात ऐन, २०४९ अनुसार अनुमति बिना सवारीमा हेरफेर गर्न पाइँदैन।









