काँकडभिट्टा तस्करी प्रकरण स् दुई डीएसपीसहित ११ प्रहरी अनुसन्धानमा

काँकडभिट्टा ,२३ असार । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा नाका र मेची भन्सार कार्यालयको निरीक्षणका क्रममा तस्करीबारे गुनासो सुनेपछि दुई डीएसपीसहित ११ जना प्रहरी अनुसन्धानको दायरामा परेका छन्।

अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईं, सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बीओपी० काँकडभिट्टाका डीएसपी विकास थापासहित नेपाल प्रहरीका ५ र सशस्त्र प्रहरीका ६ जनाको मोबाइल नियन्त्रणमा लिइएको छ।
झापाका विभिन्न नाकाबाट तस्करीको लाइन सञ्चालन भएको आरोपपछि उनीहरूमाथि आन्तरिक छानबिन सुरु गरिएको हो। अनुसन्धानमा केही सादा पोसाकका प्रहरीसमेत तानिएका छन्।

यसअघि सशस्त्र प्रहरी बलले झापाका तीन जना घुमुवा प्रहरीलाई काठमाडौं झिकाएर अनुसन्धान थालेको थियो। तस्करीमा संलग्न समूहसँग मिलेमतो गरी आर्थिक लाभ लिएको उजुरीपछि उनीहरूमाथि छानबिन भइरहेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङको काँकडभिट्टा निरीक्षणका क्रममा स्थानीय महिला बन्दना मेचेले प्रहरीकै मिलेमतोमा रातको समयमा तस्करी हुने गरेको गुनासो गरेकी थिइन्। उनले सीमा क्षेत्रमा विभिन्न व्यक्तिको ‘लाइन’ चल्ने गरेको दाबी गरेपछि गृहमन्त्रीले सम्बन्धित सुरक्षा अधिकारीहरूलाई बोलाएर जानकारी लिएका थिए।

कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी विनोद घिमिरेले प्राप्त गुनासोका आधारमा थप अनुसन्धान भइरहेको बताए। जिल्ला प्रहरी कार्यालय झापाले पनि घटनाबारे आन्तरिक छानबिन भइरहेको जनाएको छ।
यता, डीएसपी निशेष चापागाईंले भने गृहमन्त्रीले आफ्नो मोबाइल नियन्त्रणमा लिएको दाबी अस्वीकार गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रेडक्रसका सवारी र चिन्ह दुरुपयोग गरे कारबाही हुने

काठमाडौं,२३ असार । नेपाल रेडक्रस सोसाइटीले संस्थाका सवारी साधन, एम्बुलेन्स तथा रेडक्रस चिन्हको अनधिकृत प्रयोग नगर्न चेतावनी दिएको छ। रेडक्रसका सवारी साधन व्यक्तिगत, पारिवारिक, व्यावसायिक

२.४ अर्ब डलर सहयोग गर्ने एडिबीको घोषणा,६० वर्षे साझेदारी थप सुदृढ बनाइने

काठमाडौं,२३ असार । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२९ सम्म नेपालमा आफ्नो सहयोग बढाउँदै कुल २।४ अर्ब अमेरिकी डलर पुर्‍याउने भएको छ। नेपाल भ्रमणमा

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा।देवेन्द्र खत्री नियुक्त

काठमाडौं,२३ असार । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा।देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा।खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्

विराटनगर कांग्रेसका नेता अभिषेक गिरी सीआईबीको घेरामा ,किन लगियो रातारात काठमाडौं?

विराटनगर २३ असार । जिल्ला अदालत मोरङले हाजिरी जमानीमा छाड्न आदेश दिए पनि विराटनगरका कांग्रेस नेता अभिषेक गिरी थुनामुक्त हुन पाएनन्। अदालतको आदेशपछि सोमबार राति

काँकडभिट्टा तस्करी प्रकरण स् दुई डीएसपीसहित ११ प्रहरी अनुसन्धानमा

काँकडभिट्टा ,२३ असार । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा नाका र मेची भन्सार कार्यालयको निरीक्षणका क्रममा तस्करीबारे गुनासो सुनेपछि दुई डीएसपीसहित ११ जना प्रहरी

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग

काठमाडौं ,२३ असार। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित