रेडक्रसका सवारी र चिन्ह दुरुपयोग गरे कारबाही हुने

काठमाडौं,२३ असार । नेपाल रेडक्रस सोसाइटीले संस्थाका सवारी साधन, एम्बुलेन्स तथा रेडक्रस चिन्हको अनधिकृत प्रयोग नगर्न चेतावनी दिएको छ।

रेडक्रसका सवारी साधन व्यक्तिगत, पारिवारिक, व्यावसायिक वा राजनीतिक प्रयोजनमा प्रयोग भइरहेको गुनासो आएपछि केन्द्रीय कार्यालयले निर्देशन जारी गरेको हो।

रेडक्रसले आफ्ना सम्पत्ति मानवीय सेवा, राहत, उद्धार, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन र रक्तसञ्चारजस्ता स्वीकृत काममा मात्र प्रयोग गर्न आग्रह गरेको छ।

संस्थाको नियम र आचारसंहिता विपरीत सवारी वा एम्बुलेन्स प्रयोग गरेको पाइए सम्बन्धित व्यक्ति कारबाहीको भागीदार हुने रेडक्रसले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौरादहमा २२ उत्कृष्ट विद्यार्थी, शिक्षक र पूर्व शिक्षकहरू एकैसाथ सम्मानित

तीनवटै पक्षलाई आ–आफ्नो ठाउँबाट थप जिम्मेवार बन्न र उत्कृष्ट नतिजा दिन ठूलो प्रोत्साहन तथा ऊर्जा मिल्ने नगरपालिकाको विश्वास