अधुरा खानेपानी योजनाले जनता समस्यामा छन् : भण्डारी

काठमाडौं,२४ असार । पूर्वाधार विकास समितिका सचिव उदयकुमार भण्डारीले देशमा पानीको अभावभन्दा व्यवस्थापनको कमजोरीका कारण नागरिकले खानेपानीको समस्या भोग्नुपरेको बताउनु भएको छ ।

आज बसेको समितिको बैठकमा बोल्दै सचिव भण्डारीले खानेपानी आयोजनाहरू वर्षौंसम्म अधुरै रहने गरेका कारण जनताले समयमै सेवा नपाएको बताए । उहाँले आफ्नै गाउँको उदाहरण प्रस्तुत गर्दै पाँचवटै वडामा खानेपानी आयोजना सञ्चालनमा रहेपनि अधिकांश योजना अधुरै रहेको बताए । उनले १० वर्षअघि खानेपानी योजना आउने आशामा स्थानीय जनता उत्साहित भए पनि दशक बितिसक्दा पनि खानेपानी नपाएको बताउनु ।

उहाँले भन्न्ुा भयो, ‘हाम्रो देशमा पानीको कमी छैन व्यवस्थाको कमी छ । आफ्ना गाउँमा पाँचवटा वडा छ पाचैँवटा वडामा खानेपानी आयोजना छ । त्यहाँ पनि अधुरो योजनाहरू छन् । सबै कामहरू अधुरै छन् । १० वर्ष पहिला नै जनतालाई एउटा अस्वासन दियो कि खानेपानीको योजना ल्याउदै छौं भनेर १० वर्ष पहिला नै खुसी भएका जनताले १० वर्ष पछि सम्म पनि खानेपानी पाएका छैनन् ।’

भण्डारीले कुनै पनि खानेपानी आयोजना डिप बोरिङ जस्ता योजनाको बजेट चरण–चरणमा विनियोजन नगरी एकमुष्ट उपलब्ध गराउन सरकारसँग आग्रह गरे समेत गरे । उनले भने, ‘त्यसैले मेरो अनुरोध छ कि कुनै पनि खाने पानि योजना डिप बोरिङ योजना यदि लागु हुन्छ भने त्यसको बजेट एकै चोटि होस् । पटक पटक गरेर नहोस् । तराईमा अहिले खानेपानीको जुन हाकार भइरहेको छ । त्यहाँ यो महिना देखि सूखा ग्रस्त घोषणा हुन्छ ।’

सचिव भण्डारीले डिप बोरिङ मात्र खानेपानी समस्याको स्थायी समाधान नभएको बताउनुु भयो । जलवायु परिवर्तनका कारण तराई मात्र होइन, पहाडी तथा हिमाली क्षेत्रमा समेत पानीका स्रोत सुक्दै गएको उहाँले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तेलको मूल्य बढ्यो, हवाई सुरक्षामा कडाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौता र युद्धविराम समाप्त भएको घोषणा गरेसँगै विश्व अर्थतन्त्रमा त्यसको प्रत्यक्ष असर देखिन थालेको छ। मध्यपूर्वमा बढेको तनावका कारण

करोडौंको सम्पत्ति हडपेको आरोप, अभिषेक गिरीमाथि सीआईबीको अनुसन्धान

विराटनगर,२४ असार । विराटनगर–८ का अभिषेक गिरीमाथि निर्माण व्यवसायीको करोडौं रुपैयाँ बराबरको सम्पत्ति हडपेर श्रीमतीको नाममा नामसारी गरेको आरोप लागेको छ। सरकारी ठेक्का मिलाइदिने प्रलोभन

मन्त्रिपरिषद्का ८ निर्णय सार्वजनिक, गोविन्दबहादुर कार्की बने नयाँ मुख्यसचिव

काठमाडौं, २४ असार। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ८ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले प्रधानमन्त्री तथा

कोशी सरकारको बजेट पारित

विराटनगर ,२४ असार । सत्तारुढ दलभित्रै चर्किएको असन्तुष्टिबीच कोशी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३ /८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको ४० अर्ब ४४ करोड

नेपाली विद्यार्थीलाई पाकिस्तानमा अध्ययन गर्ने मौका, ६ छात्रवृत्ति उपलब्ध

काठमान्डौं , २४ असार ।नेपाली विद्यार्थीले पाकिस्तानमा बीएससी इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्तिको अवसर पाउने भएका छन्। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले सूचना जारी गर्दै इच्छुक

१२ हजार रुपैयाँ घुससहित वन अधिकृत रंगेहात पक्राउ

सिरहा, २४ असार । सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादव १२ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान