झापाको रातेखालमा पुल बनाउन सांसद रानाको आग्रह

काठमाडौं ,२६ असार।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीय बासिन्दा, विशेषगरी विद्यार्थी, जोखिमपूर्ण रूपमा खोला तरेर विद्यालय जान बाध्य भएको बताउनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले झापा–२ अन्तर्गत कजुवे–रातेखाल क्षेत्रमा हालै आएको बाढीले समस्या थप जटिल बनाएको उल्लेख गर्नु भयो । तीन वर्षअघि नै बजेट विनियोजन भए पनि पुल निर्माण हुन नसकेको र स्थानीयले २० लाख रुपैयाँ संकलन गरेर निर्माणको प्रयास गर्दा पनि मापदण्ड नपुगेको भन्दै काम अघि बढ्न नसकेको उहाँको भनाइ थियो ।

उहाँले भन्नु भयो, ‘ मेरो झापा क्षेत्र नम्बर २ मा चाहिँ कजुवे, रातेखालमा अस्ति मात्रै बाढी आइराछ । त्यहाँ पहिला बजेट परेको, तीन वर्ष अगाडि बजेट परेको त्यो नबनेर अहिले फेरि स्थानीयहरुले २० लाख उठाएर त्यहाँ बनाउने कोसिस गर्दा पनि त्यसमा चाहिँ मापदण्ड नपुगेर त्यो पुल त्यत्तिकै थियो। र त्यसमा चाहिँ धेरै वटा बच्चाहरु त्यो क्रस गरेर स्कुल जाँदा मृत्यु भएको छ। अस्ति पनि म भिजिट गर्ने बित्तिकै त्यहाँ एकजना १० वर्षको बालक साइकलसँगै नदीमा खसेर हामीले रेस्क्यु गर्यौँ, त्यही दिन नै म जानुभन्दा अलिकति अगाडि। म पूर्वाधार मन्त्री ज्यूलाई, मन्त्रालयलाई चाहिँ ध्यानाकर्षण गराउन चाहन्छु त्यो चाहिँ पुल बनाउनु पर्यो ।’

राना मगरले पुल नहुँदा खोला तरेर विद्यालय जाने क्रममा धेरै बालबालिकाले ज्यान गुमाइसकेको दाबी गर्नु भयो । आफू स्थलगत अवलोकनमा पुगेकै दिन १० वर्षीय एक बालक साइकलसहित नदीमा खसेको र स्थानीयको सहयोगमा उद्धार गरिएको घटना पनि उहाँले सदनमा सुनाउनु भयो ।

उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्राल
यको ध्यानाकर्षण गराउँदै जेनतेन गरेर भए पनि उक्त क्षेत्रमा तत्काल पुल निर्माण गर्न आग्रह गर्नु भयो ।

त्यसैगरी, उहाँले गणेश नेपालीको मृत्युप्रति दुःख व्यक्त गर्दै भविष्यमा कुनै पनि नेपाली नागरिक आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य नहुने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको बेला क्याफेमा महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप, यस्तो छ घटनाको फेहरिस्त

  दमक । २६ असार । झापाको दमक–५ स्थित ट्राफिक प्रहरी कार्यालयको उत्तरतर्फ रहेको बेला क्याफेमा कार्यरत एक महिला कर्मचारीमाथि सोही क्याफेका व्यवस्थापकले यौन दुर्व्यवहार

नेपालीको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सांसद राईको माग

काठमाडौं,२६ असार । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नु भयो । शुक्रबार प्रतिनिधिसभाको

गणेश नेपालीको परिवारलाई क्षतिपूर्ति तथा भरणपोषणको व्यवस्था गर्न माग

काठमाडौं,२६ असार । प्रहरी प्रशासनको दबाबको प्रतिरोधका क्रममा आत्मदाह गरेका राइड शेयरिङ श्रमिक गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ । नेपालीको निधनप्रति

गणेश नेपालीको मृत्युबारे छानबिन समिति गठन, ३ नगर प्रहरी नियन्त्रणमा

काठमाडौं, २५ असार ।गृहमन्त्री सुधन गुरुङले काठमाडौंको त्रिपुरेश्वरमा महानगरपालिकाका नगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको मृत्युबारे छानबिन अघि बढाइएको जानकारी दिनुभएको छ। शुक्रबार प्रतिनिधिसभाको

एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा.क्षेत्री नियुक्त

काठमाडौं,२६ असार । एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपीजीएन) को नयाँ अध्यक्षमा नेपालका वरिष्ठ जेरियाट्रिसियन डा.जगदीशकुमार क्षेत्री नियुक्त हुनु भएको छ । एपीजीएनले क्षेत्रीय संस्थाको नेतृत्व

आत्मदाह घटनाबारे छानबिन गर्न रास्वपा सांसद खरेलको माग

काठमाडौं,२६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनालाई सरकारले गम्भीर रूपमा लिएर निष्पक्ष छानबिन गर्नुपर्ने बताउनु