उपसभामुख रुवी कुमारी चीन प्रस्थान

काठमाडौं,३१ असार । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान गर्नु भएको छ । ठाकुरको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल आज बिहान चीन प्रस्थान गरेको हो ।

जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित (निङ्ची) मा आयोजना हुने अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी पाँचौं चीन–तिब्बत ट्रान्स–हिमालय मञ्चमा सहभागी हुन ठाकुर आज बिहान १०ः४५ बजे सिचुआन एयरलाइन्सको उडानमार्फत् चीन जानु भएको हो ।

उहाँको टोलीमा संघीय संसद् सचिवालयका सचिव डा। रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी र कम्प्युटर प्रोग्रामर अनिशा ढकाल रहेका छन् ।

असार ३१ देखि साउन २ गते (१५–१७ जुलाई २०२६) सम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय मञ्चमा उपसभामुख रुवीले नेपाली प्रतिनिधिमण्डलका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा हिमालय क्षेत्रको दिगो विकास, क्षेत्रीय सहकार्य तथा आपसी सम्बन्ध विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

भ्रमणका क्रममा उपसभामुख र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसि) सिजाङ स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ जुनझेङबीच शिष्टाचार भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ । साथै अन्य उच्चस्तरीय भेटघाटहरू पनि हुने छ । प्रतिनिधिमण्डल भ्रमण सम्पन्न गरी साउन ४ गते दिउँसो १२ः३५ बजे स्वदेश फर्कने छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उपसभामुख रुवी कुमारी चीन प्रस्थान

काठमाडौं,३१ असार । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान गर्नु भएको छ । ठाकुरको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल आज बिहान चीन प्रस्थान गरेको हो

सेबोनको कडा चेतावनी : अवैध कारोबार गर्नेलाई कारबाही हुने

काठमाडौं,३१ असार । प्रि–आईपीओको नाममा सर्वसाधारणबाट पैसा उठाएर चलखेल गर्ने, झुटा प्रचार गर्ने र अवैध रूपमा सेयर बिक्री गर्नेहरू अब कारबाहीको दायरामा आउने भएका छन्।

मन्त्री पुनद्वारा गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

काठमाडौं,३१ असार । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता र पेशाकर्मीहरूलाई नेपालको नवप्रवर्तन यात्रामा सक्रिय योगदान गर्न आह्वान गर्नु

कर्णाली प्रदेश सरकारबाट बाहिरियो काँग्रेस

सुर्खेत, ३१ असार । कर्णाली प्रदेश सरकार मन्त्री परिषद् बैठकमा गएका मन्त्रीहरु राजिनामा दिएर सरकारबाट बाहिरिएका छन् । बुधबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीपरिषदको बैठक

अतिक्रमण हटाएर जग्गा संरक्षणमा कोशी अस्पताल

विराटनगर,३१ असार । देशकै दोस्रो ठुलो सहर विराटनगरस्थित कोशी अस्पतालले अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याएर संरक्षण गर्ने अभियानलाई तीव्र बनाएको छ । सोही अभियानअन्तर्गत गत

पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजना र प्राथमिकता सार्वजनिक

काठमाडौं,३१ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३ / ८४ का लागि आफ्नो नीति तथा कार्यक्रमका प्राथमिकताहरू सार्वजनिक गर्दै पुँजी बजारमा