दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ।

नगरपालिकाबाट सेवा लिने अधिकांश सेवाग्राहीले आफूले समयमै सेवा पाएको, कर्मचारीको व्यवहार सन्तोषजनक रहेको र अतिरिक्त आर्थिक भार बेहोर्नु नपरेको बताएका छन्। यद्यपि सेवा प्रक्रियालाई अझ सरल, छरितो र प्रभावकारी बनाउनुपर्ने आवश्यकता भने नागरिकले औँल्याएका छन्।

 

नगरपालिकाका विभिन्न वडाका १८२ जना सेवाग्राहीसँग प्रत्यक्ष अन्तर्वार्ता गरी तयार पारिएको प्रतिवेदनले सेवा प्रवाहप्रति नागरिकको समग्र धारणा सकारात्मक रहेको देखाएको हो।

 

सर्वेक्षणअनुसार ५५ प्रतिशत नागरिकले आफूले आवश्यक सेवा समयमै प्राप्त गरेको बताएका छन् भने ४२ प्रतिशतले सेवा “ठीकै“ रहेको प्रतिक्रिया दिएका छन्। केवल ३ प्रतिशत सेवाग्राही मात्र असन्तुष्ट देखिएका छन्। यसले नगरपालिकाको सेवा प्रवाहप्रति अधिकांश नागरिकको विश्वास कायम रहेको संकेत गर्छ।

 

 

कर्मचारीको व्यवहारबारे पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। ५१ प्रतिशत सेवाग्राही कर्मचारीको व्यवहारबाट सन्तुष्ट छन् भने ४३ प्रतिशतले ठीकै रहेको बताएका छन्। असन्तुष्टि जनाउनेको संख्या ६ प्रतिशतमा सीमित छ।

 

सेवा लिन कुनै अतिरिक्त रकम तिर्नुपरेको छ कि भन्ने प्रश्नमा शतप्रतिशत उत्तरदाताले आफूले कुनै अतिरिक्त रकम तिर्नुनपरेको बताएका छन्। स्थानीय तहमा सुशासन र वित्तीय पारदर्शिताका दृष्टिले यो निकै सकारात्मक सूचक मानिएको छ।

 

 

कार्यालयको नियमितता र कर्मचारीको उपस्थितिप्रति पनि नागरिकको विश्वास उच्च देखिएको छ। ५८ प्रतिशतले कार्यालय नियमित रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् भने ३९ प्रतिशतले ठीकै रहेको बताएका छन्। सेवा प्रदायक संस्थाप्रतिको विश्वासमा पनि ५३ प्रतिशतले पूर्ण विश्वास व्यक्त गरेका छन्।

 

सञ्चार र सूचना प्रवाहका क्षेत्रमा पनि नगरपालिकाले उल्लेख्य प्रगति गरेको देखिन्छ। कार्यालयले उपलब्ध गराउने सेवाबारे जानकारी स्पष्ट पाएको प्रतिक्रिया अधिकांश सेवाग्राहीले दिएका छन्।

 

कार्यालयमा राखिएको नागरिक बडापत्रबारे ९१ प्रतिशत नागरिकलाई जानकारी रहेको देखिनु पारदर्शिता र सूचना प्रवाहको सकारात्मक पक्ष हो।

 

त्यस्तै, कार्यालय र सेवाग्राहीबीचको सम्बन्धलाई ४६ प्रतिशतले अत्यन्त राम्रो तथा ५२ प्रतिशतले ठीकै रहेको बताएका छन्। यसले स्थानीय सरकार र नागरिकबीचको सम्बन्ध विश्वासमा आधारित हुँदै गएको देखाउँछ।

 

यद्यपि प्रतिवेदनले केही सुधार गर्नुपर्ने क्षेत्र पनि औँल्याएको छ। सेवा प्राप्त गर्ने प्रक्रिया अझै लामो र झन्झटिलो रहेको अनुभव केही सेवाग्राहीले व्यक्त गरेका छन्।

 

उजुरी पेटिकाको प्रभावकारी प्रयोग, नागरिक बडापत्रको पूर्ण कार्यान्वयन तथा सूचना प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव पनि नागरिकले दिएका छन्।

 

बहिर्गमन अभिमतमा नागरिकले योजना छनोटमा प्राथमिकता निर्धारण, दमक अस्पतालको व्यवस्थापन सुधार, नदी नियन्त्रण, पार्किङ व्यवस्थापन, हेल्प डेस्कलाई प्रभावकारी बनाउने, कृषि मलको सहज उपलब्धता तथा वडा कार्यालयमा प्राविधिक कर्मचारीको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।

 

समग्रमा, नागरिक प्रतिवेदनले दमक नगरपालिकाको सेवा प्रवाहप्रति असन्तुष्टिभन्दा सन्तुष्टिको मात्रा उल्लेख्य रूपमा बढी रहेको देखाएको छ। स्थानीय सरकारप्रति नागरिकको विश्वास बलियो बन्दै गएको संकेत प्रतिवेदनले दिएको छ।

 

अब प्राप्त सुझावलाई कार्यान्वयन गर्दै सेवा प्रवाहलाई अझ छरितो, सरल र नागरिकमैत्री बनाउन सके नगरपालिकाप्रतिको विश्वास अझ सुदृढ हुने अपेक्षा गर्न सकिन्छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण