ब्लु बस’ विवाद : महिला सुरक्षाको नाममा छुट्टै सेवा कि समानताको भावनाविपरीत कदम? सरकारमाथि उठ्यो प्रश्न

काठमान्डौं , १ असार । बालेन शाह नेतृत्वको सरकारले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्ने भन्दै अघि सारेको निःशुल्क ‘ब्लु बस’ योजना सय दिन पुग्दा पनि कार्यान्वयनमा आउन सकेको छैन। १ साउनदेखि सञ्चालन गर्ने भनिएको सेवा सुरु नभएपछि सरकारको प्रतिबद्धता र तयारीमाथि प्रश्न उठ्न थालेको छ।
सरकारले पहिलो चरणमा साझा यातायातका ८ वटा बसलाई ‘ब्लु बस’ का रूपमा सञ्चालन गर्ने योजना बनाएको थियो। तर तोकिएको समयसम्म सरकार र साझा यातायातबीच सम्झौता नै हुन सकेन। जसका कारण घोषणा भएको सेवा कागजमै सीमित भएको आलोचना भइरहेको छ।

सरकारको सय बुँदे शासकीय सुधार योजनामा महिलाहरूको सुरक्षित आवागमनका लागि सातै प्रदेशमा निःशुल्क ब्लु बस सञ्चालन गर्ने उल्लेख थियो। पहिलो चरणमा सय दिनभित्र २५ वटा बस सञ्चालन गर्ने लक्ष्य राखिएको थियो। तर सय दिन बित्दा एउटा पनि बस सडकमा नआएपछि सरकारको कार्यक्षमतामाथि प्रश्न उठेको हो।
तर यो विषय केवल बस सञ्चालनमा ढिलाइमा मात्र सीमित छैन। महिला र पुरुषबीच समान व्यवहार र समान अधिकारको कुरा गर्ने राज्यले छुट्टै महिला लक्षित यातायात सेवा किन आवश्यक ठान्यो भन्ने बहस पनि सुरु भएको छ।

एकातर्फ सरकारले महिला सुरक्षाका लागि विशेष व्यवस्था आवश्यक रहेको तर्क गर्दै आएको छ। सार्वजनिक यातायातमा हुने दुव्र्यवहार, असुरक्षा र असहज अवस्थालाई ध्यानमा राखेर महिलामैत्री सेवा ल्याउन खोजिएको सरकारको भनाइ छ।
तर अर्कोतर्फ कतिपयले प्रश्न उठाएका छन्
“राज्यले महिला र पुरुष सबै नागरिकलाई समान सुरक्षा र सम्मान दिने नीति लिनुपर्ने होइन र? छुट्टै बस सञ्चालन गर्नु समस्याको दीर्घकालीन समाधान हो कि अस्थायी उपाय मात्र?”
आलोचकहरूका अनुसार सार्वजनिक यातायात सुरक्षित बनाउनु, कानुन कार्यान्वयन गर्नु र सबै यात्रुलाई समान व्यवहार हुने वातावरण सिर्जना गर्नु सरकारको मुख्य जिम्मेवारी हुनुपर्ने हो।
यता समर्थकहरू भने महिलाका लागि सुरक्षित विकल्प उपलब्ध गराउनु विभेद नभई व्यवहारिक आवश्यकता भएको तर्क गर्छन्। उनीहरूका अनुसार समाजमा अझै पनि महिलाले सार्वजनिक यातायातमा असुरक्षा भोगिरहेका कारण विशेष व्यवस्था आवश्यक छ।
यसबीच ‘ब्लु बस’ को नाम र स्वरूपलाई लिएर पनि चर्चा भएको छ। साझा यातायातका बसको हरियो रंग परिवर्तन नहुने बताइएको छ। तर सरकारले सञ्चालन खर्च बेहोरेर सेवा सुरु गर्ने तयारी गरिरहेको जनाएको छ।
अब मुख्य प्रश्न भनेको
‘ब्लु बस’ केवल राजनीतिक घोषणा बन्ने हो कि वास्तवमै महिलाको सुरक्षामा प्रभावकारी कदम बन्ने हो?
सरकारले घोषणा गरेका योजनाहरू समयमै कार्यान्वयन गर्न नसक्दा विश्वासको प्रश्न उठेको छ भने, महिला सुरक्षाको नाममा ल्याइएको यो योजना समानता र समावेशिताको मूल भावनासँग कसरी जोडिन्छ भन्ने बहस पनि अझै जारी छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

युवा ऐन संशोधन गर्न सुझाव

काठमाण्डौँ,१ साउन । युवा श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव ज्यूको अध्यक्षतामा युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा छलफल भएको छ। छलफलमा

प्रमुख जिल्ला अधिकारीसहितको टोलीद्वारा कोशी ब्यारेजको स्थलगत अनुगमन

धरान,१ साउन। सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ । यस क्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका

हामी दह्रो, मजबुत विशाल वृक्ष हौँ : ओली

काठमाडौं,१ असार। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा झूटलाई सत्यका रूपमा पत्याउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गर्नु भयो। शुक्रबार नयाँ वेबसाइट र मोबाइल

स्वदेशी जुत्ता–चप्पल उद्योगलाई सरकारले नीतिगत सहजीकरण गर्नेः प्रधानमन्त्री शाह

काठमाण्डौँ,१ साउन ।प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवद्र्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवद्र्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता

ब्लु बस’ विवाद : महिला सुरक्षाको नाममा छुट्टै सेवा कि समानताको भावनाविपरीत कदम? सरकारमाथि उठ्यो प्रश्न

काठमान्डौं , १ असार । बालेन शाह नेतृत्वको सरकारले महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्ने भन्दै अघि सारेको निःशुल्क ‘ब्लु बस’ योजना सय दिन पुग्दा पनि

शिक्षा परामर्श क्षेत्रलाई नियन्त्रण कि संकुचन?

दमक,१ साउन । नेपाली समाजको एउटा पुरानो प्रवृत्ति छ— जबसम्म कुनै नीति वा निर्णयको प्रत्यक्ष असर आफ्नै जीवनमा पर्दैन, तबसम्म त्यसको गम्भीरता महसुस हुँदैन। “घैँटोमा